
काठमाडौं । सिएफ मोटो र जिहो ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले सिएफ मोटो फ्रि हेल्थ चेकअप क्याम्प शुभारम्भ गरेको छ । हरेक शुक्रबार र शनिबार गरिने क्याम्पबारेमा काठमाडौं उपत्यकाका भाटभटेनी सुपर मार्केटमा राखिने स्टलमार्फत् जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ ।
सो अवसरमा कम्पनीबाट खटाइएका कर्मचारीले आवश्यक जानकारी प्रदान गर्नेछन् भने थप जानकारी लिन चाहने ग्राहकलाई नजिकैको सर्भिस सेन्टरको विस्तृत जानकारी दिँदै सहज वातावरणमा सेवा प्रदान गर्नेछन् । क्याम्पमा सिएफ मोटो चढ्ने ग्राहकले आफ्नो बाइकको फ्रि चेकअप गराई फ्रि वासिङसमेत गराउन सक्ने बताइएको छ । साउन १८ र १९ गते कोटेश्वर र महाराजगञ्ज तथा साउन २५ र २६ गते सातदोबाटो र गोंगबुुस्थित बिजी मलको भाटभटेनी सुपर मार्केटमा स्टल सञ्चालन हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी उपत्यकाबाहिर समेत सिएफ मोटो मनसुन सर्भिस क्याम्प सञ्चालन भइरहेको छ । साउन १५ सम्म बुटवलको बागमती मोटरसाइकल सेन्टर, साउन २० देखि २२ सम्म बिर्तामोडको चारपानेस्थित महालक्ष्मी इन्टरनेसनल र साउन २७ देखि २९ सम्म पोखराको नोरिन मोटरसाइकलमा क्याम्प हुनेछ । क्याम्पमा फ्रि वासका साथै स्पेयर पार्ट्समा १०, इञ्जिन आयलमा पाँच र लेबल चार्जमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच