
काठमाडौं । आज काठमाडौं सहित देशका २७ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, नुवाकोट, गोरखा, लमजुङ, कास्की, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बहाव हुनसक्ने अनुमान छ।
साथै आज उदयपुर, रामेछाप, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, पर्वत, गुल्मी, प्युठान, सल्यान, सुर्खेत, रुकुमपूर्व, रुकुमपश्चिम, दैलेख, कालिकोट, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने अनुमान छ। महाशाखाले यी स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच