बाढीबाट म्यानमारमा हजारौँ मानिस विस्थापित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । व्यापक बाढीका कारण दक्षिणी म्यानमारमा हजारौं मानिस विस्थापित भएका छन् । हजारौँ पूर्वाधार संरचनाहरू डुबेका छन् । अय्यारवाडी, बागो, मोन र केइनका चार क्षेत्र र राज्यका १३ सहरका नदीहरूको पानीको सतहले चेतावनीको सीमा पार गरेको छ ।

बागो क्षेत्रको बागो टाउनसिपमा हालैका दिनहरूमा लगातार भारी वर्षाका कारण आएको बाढीका कारण ४ हजार ७९३ घरपरिवारका कुल १८ हजार २१० मानिसहरू विस्थापित भएका छन् । अविरल वर्षाका कारण थाउङ्ग्यिन नदीको बहावका कारण केइन राज्यको म्यावाड्डी गाउँपालिकाका ३७० घरधुरीका ४ हजार ९ सय ८५ जनाले उक्त बस्तीका ११ राहत केन्द्रमा आश्रय लिएको जनाएको छ ।

अय्यारवाडी क्षेत्र र सोम राज्यमा रेलवे ट्रयाकहरू र राजमार्गहरू डुबेका छन् । जसले यात्रुहरूलाई जोखिममा पारेको छ । चार क्षेत्र र राज्यहरू बाहेक मुसलधारे वर्षाका कारण तानिन्थाइ नदीको पानीको सतह बढेको कारण तानिन्थाइ क्षेत्रको तानिन्थाइ शहरमा बाढी आएको थियो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?