
नयाँदिल्ली । अर्को संस्करणको पुरुष एसिया कप भारतमा आयोजना हुने भएको छ । एसिया कप अर्को वर्ष (सन् २०२५) हुनेछ । एसियाली क्रिकेट परिषद् (एसिसी) का अनुसार २०२६ मा भारतमा आयोजना हुने टी-२० विश्वकपको तयारी स्वरूप एसिया कप आयोजना हुनेछ ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले गत वर्ष ‘हाइब्रिड मोडल’मा एसिया कप आयोजना गरेको थियो । भारतले पाकिस्तानको भ्रमण गर्न अस्वीकार गरेपछि एसिया कप श्रीलंकामा पनि आयोजना भएको थियो ।
२०२७ को एसिया कप बंगलादेशमा एकदिवसीय ढाँचामा आयोजना हुनेछ । सोही वर्ष ५० ओभरको विश्वकप आयोजना हुनेछ । २०२७ मा भारतमा आयोजना हुने टी-२० एसिया कप र २०२७ मा बंगलादेशमा हुने ५० ओभरको महादेशीय प्रतियोगितामा १३-१३ खेल हुनेछन् । भारत एसिया कपको डिफेन्डिङ च्याम्पियन हो । भारतले प्रतियोगिताको पछिल्ला चार संस्करणमध्ये तीनमा जितेको थियो । श्रीलंकालाई १० विकेटले हराएर भारतले पछिल्लो संस्करण जितेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच