हाल जल उत्पन्न प्रकोहरूको तीव्र प्रहारबाट धनजनको ठूलो क्षति भइरहेको छ । सावधानी नअपनाएकाले मात्र यस्तो क्षति भएको भन्न मिल्दैन । लगातारको वर्षा तथा उत्पन्न भएका प्रकोपहरूले यस्तो भइरहेको छ । कतै-कतै लापरबाहीबाट यस्तो भएको हुनसक्छ तर धेरैजसो घटना मानिसको काबुबाहिरकै परिस्थितिबाट भइरहेका छन् भन्न सकिन्छ । गतविगत वर्षको भन्दा बढी वर्षा हुने भनेर मौसम पूर्वानुमान विभागले सुरुमै भनेको थियो । अहिले आएर पनि त्यो पूर्वानुमान यथार्थमै परिणत भइरहेको पाइएको छ । यस वर्ष मनसुन सक्रिय हुन केही ढिलो भएको थियो । विभागले भनेको भन्दा हप्ता दश दिन जति ढिलो भएको भए तापनि जब मानसुन सुरु भयो तब त्यसले सक्रिय रूप धारणा गरिहाल्यो ।
असार महिनाको सुरुदेखि उग्र रूप धारण गरेको मनसुनले अधिक वर्षबाट बाढी र पहिरो अत्यधिक गरायो । बाढी-पहिरोमा परेर मानिसको खेतबारी बगाउने, बालीनालीमा क्षति पुग्ने त भयो नै साथै सडक, जलविद्युत्, विभिन्न सरकारी तथा निजी घरभवनमा समेत क्षति पु¥यायो । बाढीपहिरोमा परेर पशु चौपायाहरूमा हानी भयोे । यतिमात्र होइन मानिसहरूको मृत्युसमेत भयो । यसले निरन्तरता पाइरहेको छ । बर्खा हो पानी पर्नु स्वाभाविक मान्नुपर्छ तर हालका दिनमा अतिवृष्टि भएकाले क्षति भएको छ । मनसुन सुरु भएको आधा बढी समय भएको छ ।
११० दिन जति मनसुन सक्रिय रहनेमा ६० दिन जति पूरा भएको छ र अझै ५० दिन मनसुन सक्रिय हुनसक्छ । कुनै वर्ष असोज महिनाको झण्डै आधाआधितिर समेत मनसुन सक्रिय रहनाले ठूलो पानी परिरहेको हुन्छ र मानिसहरू दशैँका बीच वर्षाको कहरसँगै माईत-मावल गरिरहनुपर्ने अवस्था भएका बेला दशैँले ‘हिले दशैँ’ भन्ने संज्ञा पाउने गर्छ । मनसुनी प्रकोपको समय अझै धेरै बाँकी छ । नेपाल जलस्रोतको धनी देश भन्नुको कारण खोलानाला, तालपोखरी र ठूला नदीहरूको संख्या धेरै छ भन्नु हो । आकाशको पानी जति धेरै प¥यो त्यति नै ती खोलानाला र नदीहरूमा पनीको मात्रा बढ्छ र विध्वंस मच्चाउँछ ।
नेपालको भौगोलिक बनोट र प्राकृतिक रूपमा कमलो माटो भएकाले गर्दा धेरै क्षति हुने गरेको छ । हाल केही दिनदेखि लगातार भइरहेको वर्षबाट देश आक्रान्त बनिरहेको छ ।
अन्यत्रको कुरा त छँदैछ काठमाडौं उपत्यका र यसका निकटका समथर स्थानसमेत यसपटक प्रभावित भइरहेका छन् । काठमाडौं उपत्यकाभित्र पनि बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते, कर्मनासा, गोदाबरी, मनहरा, टुकुचालगायत ठूलासाना धेरै नदी छन् । मानिसको बस्ती घना बन्दै गएपछि तिनको बाटो छेकिन पुगेको छ र भरिएर बस्तीहरू डुबाउने गरेका छन् । भक्तपुरका केही ठाउँ वर्षैपिच्छे हनुमन्तेको डुबान पर्ने गरेका छन् । बागमती र विष्णुमतीले पनि वरिपरि डुबाउने गरेका छन् । यसवर्ष यहाँ मानवीय क्षतिसमेत हुन पुगेको छ भने उपत्यका निकटका बनेपा, धुलिखेल जस्ता कम जोखिम हुने सहरी र समथर स्थानसमेत डुबानमा परेका छन् । नदीहरूमा पनीको बहाव बढिरहेको छ । बागलुङ, गुल्मी र काभ्रेमा मानवीय क्षति भएको छ ।
बाढीपहिराबाट दुई दिनमै १३ जना मानिसको मृत्यु भएको छ । सबै ठाउँमा मानवीय कमजोरीमात्र भएको हुन्छ भन्ने पनि होइन । कतै प्राकृतिक रूपमै पनि अनपेक्षित घटना हुन सक्छन् तर कतिपय ठाउँमा माननिसको लापरबाहीबाट ज्यान जाने गरेको छ । सरकारले केही जिल्लाहरूलाई खतराको उच्च जोखिममा राखेको छ भने केहीलाई मध्यम तथा केहीलाई न्यून जोखिममा राखेको छ । बाढीपहिरो पीडितलाई आवासका लागि तथा मृतक र बेपत्ताहरूका लागि राहतको व्यवस्था पनि गरेको छ । २८ वटा जिल्लामा रात्रिकालीन सवारी चलाउन रोक लगाएको छ । यसलाई सरकारको सक्रियता भन्नै पर्छ ।
सरकारी स्तरबाट हुने ढिलासुस्तीलाई भने हटाउँनै पर्छ । सिमलटार दुर्घटना छानविन समितिले कमजोर सडकका कारण यस्तो भएको हो भन्ने निष्कर्ष निकालेको छ । यसबाट सडक संरचना निर्माण गर्दा हुने कमजोरी र बद्नियततर्फ संकेत गरेको हो भन्ने बुझिन्छ । यो हाम्रो देशको ठूलो कमजोरी हो । भोलिको दुष्परिणामतर्फ नसोच्ने र हालको स्वार्थतर्फ मात्र विचार गर्ने जस्ता कमजोरी दुर्घटनाका कारक हुन् भन्ने देखिन आएको छ । संवेदनशील विषयमा पहिले निर्माणकै बेलादेखि सोच्न सक्ने हो भने यसमा न्यूनीकरण गर्न निश्चय सकिन्छ तर सबैमा इमानदारीता र दूरदृष्टि भने हुनु आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच