बाढीले सडक बगाउँदा आवत जावतमा समस्या

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । गत साउन १५ गते रातीको अविरल बाढीले सडकहरु बगाउँदा भोजपुरको उत्तर साल्पासिलिछोका बासिन्दाहरुलाई आवत जावतमा समस्या भएको छ । इर्खुवा खोलामा आएको बाढीले सडक बगाउँदा समस्या भएको हो ।

बाढीले गोथेबजार देखि नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको करिव २० किलोमिटर सडक बगाएको छ । बाढीले सडकसँगै विभिन्न संरचनामा क्षति पुर्‍याउँदा गाउँपालिकाबासीको जनजीवन प्रभावित छ । बाढीले अन्य भौतिक संरचनासँगै सडक र पुलमा समेत क्षति पुर्याउँदा आवत जावतमा समस्या भएको पालिकावासीको गुनासो रहेको छ । बाढीका कारण करिव पाँच करोड बरावरको सडक नष्ट भएको छ ।

पालिकावासीलाई गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा बाह्य जिल्ला जान समस्या भएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । गाउँपालिकाको बजेटबाट संरचनाहरुको पुन निर्माण हुन सक्ने बताउँदै अध्यक्ष कुलुङले सरकारबाट नै बजेट बिनियोजन हुनु पर्ने बताउनुभयो । क्षति पुगेका मुख्य मुख्य संरचनाहरुको मर्मत तथा पुनः निर्माणको लागि करिव दश करोड बढी बजेट लाग्ने पालिकाकाले अनुमान गरेको छ ।

बाढीका कारण इर्खुवा खोलामा निर्माधिन हाइड्रोपावरमा कार्यरत दुई जनाको बाढीले बगाएर मृत्यु भएको थियो । क्षतिको बिवरण संकलनकै क्रममा रहेकाले अझै पूर्ण बिवरण आउन नसकेकाले बिस्थापित परिवारहरुलाई राहत बितरणमासमेत ढिलाई भई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?