
पेरिस । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । शनिबार राती फ्रान्समा सम्पन्न फाइनल खेलमा अमेरिकाले ब्राजिललाई १-० गोलले पराजित गर्दै स्वर्ण जितेको हो । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
खेलको ५७औँ मिनेटमा मैलोरी स्वानसनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाउनुभयो । त्यसपछि बाँकी समय थप गोल नहुँदा उक्त गोल नै अमेरिकालाई उपाधि जित्न निर्णायक बन्यो । यसअघि सेमिफाइनल खेलमा ब्राजिलले स्पेनलाई ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो भने अमेरिकाले जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै कांस्य पदकका लागि शुक्रबारको खेलमा स्पेनलाई ०-१ ले पराजित गर्दै जर्मनीले तेस्रो स्थान हासिल गरेको थियो ।
पुरुषतर्फ भने स्पेनले बाजी मारेको छ । वैकल्पिक खेलाडी सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले शुक्रबार राती आयोजक फ्रान्सलाई पराजित गरी ओलम्पिक फुटबलको स्वर्ण जितेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच