भोजपुर । पहाडी जिल्ला भोजपुरमा पछिल्लो समयमा सम्वन्ध बिच्छेदका घटना बढ्दै गएको तथ्यांकले देखाएको छ । जिल्ला अदातल भोजपुरको तथ्यांक अनुसार आर्थिक बर्ष २०८०/०८१ मा अदालतमा अढाई सय बढी मुद्दा दर्ता भएका छन् ।
गत आर्थिक बर्षमा भोजपुरमा दुई सय ६२ वटा सम्वन्ध बिच्छेदका घटनाहरु दर्ता भएको जिल्ला अदालत भोजपुरका श्रेस्तेदार मोहन घिमिरेले जानकारी दिनुभयो । घिमिरेले भन्नुभयो, “भोजपुर अदालतमा दर्ता हुने मुद्दाहरुमा सम्वन्ध बिच्छेदका घटनाहरु पनि बढी छन, पति पत्नीको असमजदारीका कारण मुद्दा दर्ता बढी देखिन्छ ।” गत आर्थिक बर्षमा दर्ता भएका मुद्दाहरु मध्ये दुई सय १६ वटा मुद्दा फर्छ्यौट भई सकेका छन् भने ४६ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।
जिल्ला अदालतमा दर्ता भएको सम्बन्ध विच्छेदको संख्याले समाज र परिवारमा पति-पत्नी बीचको सम्बन्ध नाजुक अवस्थामा रहेको देखाएको छ । जिल्लामा पछिल्लो समयमा सम्बन्ध बिच्छेद गर्नेको संख्या बढ्दो छ । वैदेशिक रोजगारीका कारण श्रीमान बैदेशिक रोजगारीमा गएको, महिलामा आएको चेतना र श्रीमानले श्रीमतीको समान अस्तित्व स्वीकार नगर्ने जस्ता कारणहरु सम्वन्ध बिच्छेदका मुख्य कारणहरु रहेको देखिएको छ ।
सम्बन्ध विच्छेद पछि तत्कालका लागि राहत पाएको महसुस गरिने भएता पनि दीर्घकालीनरूपमा समाज र परिवारमा धेरै कठिनाईहरूसँग सामना गर्नुपर्ने अवस्था आउन सक्ने बुझाई अधिकारकर्मीहरुको छ । स्थानीय तहमा गठन भएका न्यायिक समितिहरुले समेत सम्वन्ध विच्छेदका कतिपय घटनाहरुमा पूर्व मेलमिलापका लागि सहजिकरण गर्ने गरेको छ ।
महिलामाथि हुने घरेलु हिंसाका कारणले सम्वन्ध बिच्छेदका घटना बढेको अधिकारकर्मीहरुको धारणा छ । स्थानीय सरकार र सरोकारवालाहरुले घरेलु हिंसा न्युनिकरण गर्न विभिन्न कार्यक्रम ल्याएपनि महिला माथि हुने हिंसामा कमी नआएका कारण पनि सम्वन्ध बिच्छेदका मुद्दाहरु बढन गएको मानव अधिकार रक्षक महिला सञ्जाल भोजपुर अध्यक्ष लिलामाया तामाङले बताउनुभयो ।
गत आवमा भोजपुर जिल्ला अदालतमा पाँच सय ७४ वटा मुद्धाहरु लगतमा देखिएको छ । जसमा चार सय ५६ वटा फर्छ्यौट भई सकेको छ भने एक सय १८ वटा यस आर्थिक बर्ष २०८२/०८२ का लागि सरेको देखिन्छ । जिल्ला अदालतमा आएको मुद्दाहरुमा देवानी र सरकारवादी देवानीका तीन सय ६७ वटा मुद्दाहरु मध्ये तीन सयपाँच वटा फर्छ्यौट र ६२ वटा बाँकी छन् । यस्तै बिशेष ऐनअन्तर्गतका एक सय ३९ मध्ये ९५ वटा फर्छ्यौट भई सकेका छन् भने ४४ वटा बाँकी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच