पेरिस । विश्व खेलकुदको महाकुम्भ मेला पेरिस ओलम्पिक रंगीन शैलीमा सम्पन्न भएको छ । पेरिस ओलम्पिकको ऐतिहासिक उद्घाटन जस्तै समापन समारोह पनि भव्य शैलीमा सम्पन्न भएको हो । स्ट्याट डी फ्रान्स स्टेडियममा भएको समापन समारोहमा २०५ देशका हजारौं खेलाडी सहभागी थिए । सबै देशका खेलाडीले दर्शकलाई अभिवादन गर्दै रंगशाला पुगेका थिए । अधिकांश पदक विजेताहरूको घाँटीमा पदक थियो ।
७० हजारभन्दा बढी दर्शकको उपस्थितिमा पेरिसका मेयर एनी हिडाल्गोले २०२८ को आयोजक अमेरिकी शहर लस एन्जलसका मेयर करेन बासलाई ओलम्पिक झण्डा हस्तान्तरण गर्नुभयो । यससँगै चार वर्षपछि हुने लस एन्जलस ओलम्पिकको काउन्टडाउन सुरु भएको छ ।
समारोहमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन पनि उपस्थित हुनुहुन्थ्यो । समापन समारोहमा टम क्रुज, बिली इलिश, स्नुप डग र डा. ड्रेले प्रस्तुति दिनुभयो । पाँचपटकको ग्रामी विजेता गाब्रिएला सार्मिएन्टो विल्सनले अमेरिकाको राष्ट्रिय गान गाउनुभयो । ओलम्पिकको इतिहास ‘गोल्डेन भॉयजर’ ऐनमार्फत् देखाइएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच