बाँके । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा सञ्चालन हुनेगरी तयारी भइरहेको बताउनुभएको हो ।
मन्त्री चौधरीले प्रदेश राजधानी सुर्खेतमा हुने प्रतियोगिताका खेलहरू समयमै सुरू गर्नेगरी रङ्गशाला निर्माण प्राथमिकताका साथ भइरहेको बताउनुभयो ।
“प्रतियोगितामा सहभागी हुने खेलाडीको व्यवस्थापन गर्न गाह्रो हुने भएकाले केही खेलहरू नेपालगञ्जमा गर्ने विषयमा पनि छलफल भइरहेको छ, त्यसका लागि आवश्यक तयारी सुरू गरिएको छ । सुर्खेतमा खेल पूर्वाधार निर्माण धमाधम भइरहेका छन्”, उहाँले भन्नुभयो ।
रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच