काठमाडौं । यही भदौ १४ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘वर एण्ड वधु’को टिमले पूर्वका विभिन्न जिल्लामा पुगेर चलचित्रका बारेमा जानकारी गराएको छ । चलचित्रका निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा र नवनायक विवेक कर्माचार्य मोफसल टुरका क्रममा पूर्वका विर्तामोड, धरान, इटहरी र विराटनगर पुगेको हो ।
मोफसल टुरका क्रममा उत्साहित देखिएको चलचित्रको टिमले दर्शकको उत्साहजनक साथ पाउने विश्वास गरेको छ । निर्देशक चाम्सले ‘वर एण्ड वधु’ फिल्म जस्तो चलचित्र बनेको भन्दै दर्शकले उच्च क्यानभास उत्कृष्ट फिल्म हेर्न पाउने जानकारी दिनुभयो । यो चलचित्रको छायांकन नेपालसँगै रोमानिया, फ्रान्स, स्पेनलगायत देशमा गरिएको उहाँले बताउनुभयो ।
चलचित्रका कलाकार किरण केसीले दर्शकले यो चलचित्रलाई साथ दिएको खण्डमा आफ्नो करिअरको नयाँ चरण सुरु हुने दाबी गर्नुभयो । नायिका आँचल शर्माले ‘वर एण्ड वधु’ले दर्शकको आँखा शित्तल बनाउने दाबी सुनाउनुभयो । चलचित्रमा लभ, रोमान्स, कमेडी, धोका सबै कुरा भएको भन्दै उहाँले दर्शकले पूर्ण प्याकेजको चलचित्र हेर्न पाउने जिकिर गर्नुभयो । नव-नायक विवेक कर्माचार्यले यो चलचित्रबाट आफू फिल्म क्षेत्रमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।
निर्मात्री जानुका थापाले चलचित्रको कथावस्तु मन परेका कारण नै लगानी गरेको बताउनुभयो । एलआरके इन्टरटेन्मेन्टको व्यानरमा अमित रिजाल कार्यकारी निर्माता रहेको यो चलचित्रको ट्रेलर र गीतले दर्शकको साथ पाइसकेको छ । मोफसल टुरका क्रममा विभिन्न कलेजमा पुगेको चलचित्रको टिमलाई दर्शकले उत्साहजनक रूपमा स्वागत गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच