
काठमाडौं । नेपालभाषा मिसा खलःको ३५औं स्थापना दिवस मनाइएको छ । सो अवसरमा बिकुमाया श्रेष्ठलाई ‘रमा कौशल्या लुमन्ति सिरपाः’ प्रदान गरिएको थियो । सो पुरस्कारका दाता साहित्यकार मथुरा सायमिले पुरस्कार प्रदान गर्नुभयो । विसं २०१८ मा वीर अस्पतालमा नर्सिङ सेवामा प्रवेश गर्नुभएकी बिकुमायाले लामो समय स्वास्थ्य सेवा दिनुभएबापत सो पुरस्कार प्रदान गरिएको हो ।
भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धर, केदारेश्वर स्थापित, जलेश्वरी श्रेष्ठ, मंगला कारञ्जितलाई सम्मान गरिएको थियो । सो अवसरमा ‘पाँचौं कमला लुमिन सिरपाः’ भवानी तुलाधरलाई प्रदान गरिएको थियो ।
संस्थाको अक्षयकोषका लागि संस्थाका पूर्वअध्यक्ष सुवर्णकेशरी चित्रकारले एक लाख, जलेश्वरी श्रेष्ठले २५ हजार र संस्थाका संस्थापक सदस्य मंगला कारञ्जितले २५ हजार रुपैयाँ प्रदान गर्नुभयो । नेवार महिलालाई संगठित गर्ने उद्देश्यले मोतीलक्ष्मी उपासिकाको नेतृत्वमा २०४७ सालमा सो संस्था गठन भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच