जब दक्षिणायन थालनी हुन्छ अनि नेपालीहरुका घरआगनमा पावन चाडपर्वहरू ताँती लागेर आउँछन् । साउने सङ्क्रान्ति, गुुरु पूूर्णिमा, नागपञ्चमी, ऋषितर्पणी आदि पर्वहरूपछि कुशे औँसी आइपुुग्छ । यसै क्रममा भाद्रकृष्ण अमावास्यालाई विभिन्न नामले सम्बोधन गरिन्छः कुशे औँसी, गोकर्णे औँसी, पिताको मुखहेर्ने तिथि, मोतीजयन्ती आदि । यसपालि २०८१ भदौ १७ गतेको कुशे औँसी सोमबार पर्न गएको छ ।
वास्तवमा सोमबार चन्द्रमा र शिवको आराधना गर्ने दिन हो । अझ औँसीकै दिनमा सोमबार पर्यो भने त त्यो महापर्व नै हो । सत्ययुुगभरि सोमबारे औँसी पर्दैन तर कलिकालमा भने कुनै वर्षमा एकपटक र कुनै साल त दुुईपटक पनि पर्दछ । यो सोमबारे कुशे औँसीको महिमा ठूलो छ । किनकि यो तिथि र बारमा विधिपूूर्व प्रभातकालमा नबोलीकन स्नानसन्ध्या सकी कुुशबारीमा गई कुुशलाई हात जोडेर प्रार्थना यसरी गरिन्छ :
विरिञ्चिना सहोत्पन्नः परमेष्ठि निसर्गतः
नुुदः सर्वाणि पापानि दर्भः स्वस्तिकरो भव ।।
भनी पूजाआजा गरेर पूूर्वोत्तर मुुख पार्दै मुुठीले जरामा समाती ‘ॐ हुुम् फट् स्वाहा’ उच्चारणपश्चात् जरैसमेत तान्ने । वास्तवमा सोमाबारे औँसीको दिनमा उखेलेको कुशको आयुु १२ वर्षसम्मको हुन्छ भने अरू बारको कुशे औँसीमा उखेलेको कुशको आयुु एक वर्षको हुन्छ । अन्य समयको भने त्यही दिनभरिलाई मात्र प्रयोजनपरक हुन्छ ।
कुशको बहुआयामिक महत्व :
कुुशलाई दर्भ, कुुश, कुुथ, पवित्र आदि नामले पनि चिन्न सकिन्छ । भनिएको छ ‘दर्भाय उग्र औषधिस्तं ते बध्नामि आयुुषे’ अर्थात् कुश तत्काल परिणाम दिने ओखती हो यसलाई आयुु बढाउनको लागि धारण गरिन्छ । कुुशको गरिमा देखाउँदै भनिएको छ ः
स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणि
करौ सदर्र्भौ कुुर्वीत तथा सन्ध्याभिवादने ।।
नुहाउँदा, दान, जप, होम, स्वाध्याय, श्राद्धकर्म र सन्ध्यावन्दनको समयमा कुश हातमा लिनुुपर्दछ । हाम्रो धार्मिक परम्पराअनुसार यो धारिलो घाँस हाम्रो संस्कृतिको अत्यावश्यक तृण हो । विज्ञानको कसीमा कुसले आफ्नो पहिचान राम्ररी प्रस्तुत गरिसकेको छ । एक मुठी कुशलाई विकिरणहरूमाझ राख्दा कुशले सम्पूर्ण विकिरणहरूलाई परिवर्तित गरिदियो । वातावरणमा भएका नकारात्मक तरंग र विकिरणलाई निस्तेज पारेको कुरालाई विज्ञानले सिद्ध गरेको छ । त्यसैले त हाम्रा ऋषर्च म्यान अर्थात् ऋषिमुनिहरुले धेरै अघिदेखि हातका औँलामा कुशको औँठी, हातमा बाला, ब्रहृमरन्ध्रमा कुशको टुुक्रा र आसनमा कुशको चगटी पञ्चगव्यमा कुश देव तथा पितृकार्य र हवनमा अत्यावश्यक भएको औँल्याउनुको रहस्य रहेछ ।
नुहाउँदा, दान, जप, होम, स्वाध्याय, श्राद्धकर्म र सन्ध्यावन्दनको समयमा कुश हातमा लिनुुपर्दछ । हाम्रो धार्मिक परम्पराअनुसार यो धारिलो घाँस हाम्रो संस्कृतिको अत्यावश्यक तृण हो । विज्ञानको कसीमा कुसले आफ्नो पहिचान राम्ररी प्रस्तुत गरिसकेको छ । एक मुठी कुशलाई विकिरणहरूमाझ राख्दा कुशले सम्पूर्ण विकिरणहरूलाई परिवर्तित गरिदिन्छ ।
आयुुर्वेदी चिकित्सामा कुशलाई सर्वौषधिको हारमा राखेको छ । श्वासप्रश्वास सम्बन्धी समस्यामा, पोलेको, रक्तविकार, तिर्खा, मिर्गौलाको पथ्थरी, रक्तक्यान्सर, कमलपित्त, चर्मरोग, खटिरा, रक्तसञ्चारको ऊध्र्वगमन र अधोगमनमा, अल्सर, मूत्ररोग, पक्षाघात, पाइल्स, हृदयाघात, मस्तिष्काघात जस्ता रोगहरूलाई निर्मूल पार्ने तागत राख्दछ भनी विभन्न चिकित्साशास्त्रका अध्येता कविराजहरू बताउँछन् । आधुनिक वैज्ञानिकहरुको शोधले यो कुरा बोध गराएको छ कि : वायुमण्डलमा रहेका विकिरणलाई कुशको शक्तिले साठी प्रतिशत रोक्दछ । सूूर्य वा चन्द्रग्रहणको बेला खराब विकिरणबाट सुरक्षित रहन पेय एवं खाद्य पदार्थमा कुशको टुक्रा राखेमा नकारात्मक विकिरण त्यहाँ प्रवेश गर्ने सक्दैन ।
हाम्रो जन्म संस्कारदेखि मृत्युसंस्कारसम्मका सोह्र कर्ममा कुश अनिवार्य र अपरिहार्य हुन्छ । जस्तै ः गर्भाधान, पुंसवन सीमन्तोन्नयन, जातकर्म, न्वारन, निस्क्रमण, पास्नी अर्थात् अन्नप्रासन, कर्णवेध, विद्यारम्भ, चूडाकर्म, उपनयन, वेदारम्भ, केशान्त, समावर्तन, विवाह र अन्त्येष्टिमा कुश अग्र स्थानमा रहेको छ । मानिस मर्ने बेलामा पनि कुशको आसनमा सुताइन्छ तथा कुनै व्यक्ति पञ्चकमा मृत्युु हुँदा (धनिष्ठा, शतभिषा, पूर्वभाद्रा, उत्तरभाद्रा र रेवती नक्षत्रमा) पाँचवटा कुशको पुुत्ला अर्थात् प्रतिमा बनाई जलाइने गरिन्छ भने लामो समय हराएको मानिस नभेटिएमा पनि पुत्ला बनाएर अन्त्येष्टि सम्पन्न हुन्छ ।
यसरी अनिष्ट तागत नाश गर्ने कुश हरकोणबाट जीवनको उद्धारक र मृत्युुपछिको पिण्डदान कर्महरुमा पनि महिमामय छ । पुरोहितहरूले यजमानको घरघर कुश पुुर्याई पूजा गरेर मूूल द्वारमाथि राख्ने चलन छ । यसबाट घरवरिपरिका दूूषित वायुु, सूूर्यको खराब किरण भूतप्रेत तथा पिचासको भय हट्छ भन्ने विश्वास गरिन्छ । वातावरणीय परिशुुद्धता हुनुु भनेकै माथि उल्लेख गरिएका विकार हट्नुु हो । भनिएको पनि छ :
कुशाग्रे वसतो रुद्रः कुशमध्ये तुु केशवः
कुशमूले वसेत् ब्रहृमा कुशान् मे देहि मेदिनीम् ।।
अर्थात् कुशको अग्र भागमा रुद्र, मध्यमा केशव र मूूल भाग जरामा ब्रहृमा बसेका हुन्छन् । त्यसैले हे पृथिवी मलाई कुश दिनुुहोस् ।
पिताको मुख हेर्ने शुुभ दिन :
यस दिन आफ्ना पिता, जनक, बाबा, तात अर्थात् बाको मुुख हेर्ने दिन हो । मुख हेर्नुु भनेको पिताप्रतिको सेवा, सत्कार, आदर र मानप्रति पुत्रपुत्रीको हेरविचार वा रेखदेख पुुर्याएर नतमस्तक हुनुु हो । यस रमणीय सुन्दर संसारमा ल्याएर हामीलाई हुर्काउने, बढाउने, पढाउने र उचित संस्कारमा आबद्ध बनाउने पितामा केतकृत्य हुने पावन मुहूर्त हो । श्रीमद्भागवत् महापुराणको छैटौँ स्कन्धको सातौँ अध्यायमा भनिएको छ ः ‘पुत्राणां हि परो धर्मः पितृसुुश्रूूषणं सताम्’ अर्थात् छोराछोरीहरूको परम धर्म वा कर्तव्य भनेको पिताको सेवा र सुश्रूूषा हो ।
त्यसै भएर अझ जोड दिँदै अर्को श्लोकमा भनिएको छ :
आचार्यो ब्रहृमणो मूूर्तिः पिता मूूर्ति प्रजापतेः ।
भ्राता मरुत्पते मूर्तिः माता साक्षात् क्षितेस्तनुुः ।।
वास्तवमा आचार्य वा गुरु ब्रहृमज्ञानका मूर्ति हुन् भने बुुबा ब्रहृमाजीका प्रतिकृति हुन् । भाइ इन्द्र हुन् भने आभा सक्षात् धर्तीकी मूूर्तिकी प्रतीक छिन् । त्यसैले त आमाको, गुरुको मुुख हामीले मातृदिवसमा र गुुरुपूर्णिमामा हेर्छौं भने अहिलेको भाद्र अमावास्यामा पिताको मुख हेर्दछौँ । भारत वर्षका प्रखर ऐतिहासिक प्राज्ञ कौटिल्यको शब्दमा ‘हामीलाई जन्म दिने, संस्कार, विद्या, अन्न र भयबाट मुक्ति दिने तागत पितामा हुन्छ’ महाभारत ग्रन्थका महावीर भीष्मको इच्छामरण र अर्जुनले कर्णमाथि विजय हुने तागत पितृभक्तिकै उपज थियो । रामको वनवास र कंशको जेलबाट देवकीवसुदेवलाई छुटाउने अपार सुकर्म पितृभक्तिकै आदर्श पाटो थियो । यसैले वा पुुरुष र अमा प्रकृतिका पुुञ्ज हुन् भन्न सकिन्छ । त्यसैले शास्त्र यसरी श्रद्धा प्रकट गर्दछ :
माता गंगासमं तीर्थं पिता पुुष्करमेव च ।
गुुरु केदारकः तीर्थं माता तीर्थँ पुनःपुनः ।।
भरणं पोषणंचैव भोजनं रससंयुुतम् ।
कारितामेव भो तात, पितृदेवो नमोस्तु ते ।।
क्रमशः गंगारूपकी आमा, पुुष्कर । केदार जस्ता बुुबा र गुरु तीर्थरूपमा मान्य, वन्दनीय आशीर्वादका खानी हुन् । जसले भरणपोषण, भोजन र रसको व्यवस्था गरे त्यस्ता पितालाई कोटीकोटी अभिनन्दन गर्नु सन्ततिहरूको उदात्त कर्तव्य हो । अतः सजीव बाआमालाई यस्ता दिवसहरुमा सशरीर धराधाममा भए सो दिन आफ्नो गच्छेअनुसार फलपूmल, कपडा, ओखती, लगी आशीर्वाद ग्रहणार्थ दर्शन वा भेटघाट अनिवार्य गर्नुुपर्छ । यदि दिवंगत भइसकेका छन् भने उहाँहरुको स्मृतिमा श्राद्ध गरी उपयुुक्त ब्राहृमणमा सिधा दान, अशक्त अनाथहरुमा भोजन गराउनुु पितृ ऋणबाट उन्मुक्त हुनुु हो ।
पिताको रिस र गालीमा प्यार र आफ्नो पन हुन्छ । हरेक सन्ततिको उत्थानमा पिताको भूमिका स्वच्छ हुन्छ । वास्तवमा पिता निमपत्र, तुलसीपत्र र पिपल हुन् जसले ओखतीको काम गर्छ । त्यसैले त छोराछोरी हँसिलो मुहार देख्न पाउँदा बाबाको आत्मा उज्यालो र पुलकित बन्दछ ।
हाम्रा सनातन वैदिक संस्कृति र संस्कार मानवतावादको गुुदी भरिएको ‘सर्वे भवन्तुु सुुखिनः सर्वे सन्तुु निरामयाः । सर्वे भद्राणि पश्यन्तुु माकश्चित् दुुखभाग्जनः ।।’ को उपल्लो वैचरिक घनत्वबाट परिपोषित हुँदै आएको हुँदा हाम्रा चाडपर्व परम्परा विज्ञानसम्मत, मानवतावादमा अनुप्राणित, कर्तव्याकर्तव्यको ऐना भएर रहेको छ । त्यसै भएर त छोराछोरीलाई आत्मज र आत्मजा अर्थात् आफ्नै अर्को रूप सम्झिने गरिन्छ । सद्भाव, सम्मान, प्यार, वात्सल्यता जगाएर आत्मीयताको शान्त, दान्त र संभ्रान्त परिवेश सुस्थापना गर्ने हुती छ हाम्रा पितृमातृ सम्मानलगायतका पर्वहरूको । त्यसैले त भन्न सकिन्छ पिताको रिस र गालीमा प्यार र आफ्नो पन हुन्छ । हरेक सन्ततिको उत्थानमा पिताको भूमिका स्वच्छ हुन्छ । वास्तवमा पिता निमपत्र, तुलसीपत्र र पिपल हुन् जसले ओखतीको काम गर्छ । त्यसैले त छोराछोरी हँसिलो मुहार देख्न पाउँदा बाबाको आत्मा उज्यालो र पुलकित बन्दछ ।
मोती जयन्ती :
यही कुशे औँसीको दिन राष्ट्रिय विभूति मोतीराम भट्टको जन्मजयन्ती पनि मनाइन्छ । युवा कवि भट्टले संस्कृत, नेपाली, हिन्दी र उर्दूू भाषाहरुको गहिरो अध्ययन गरेर नेपाली साहित्यमा शृंगारयुुगको थालनी गर्नुभयो । नेपाली र उर्दूमा गजल रचना गरी वार्णिक छन्दमा विभिन्न रसका कविता, नाटक र भानुुभक्तको जीवनी लेखेर उहाँको काव्यप्रतिभालाई उजागर गर्नुुभयो । क्रान्तिचेतमा वीररसका कविता लेखेर राष्ट्रवादी भावना जागृत गर्न मोतीको स्थान उपल्लो छ । कति सुन्दर छन् उहाँका यी काव्यलहरहरू :
अचल् झण्डा फर्कोस् फरफर गरी कान्तिपुरमा ।
रिपुको मन थर्कोस् थरथर गरी छिन घडीमा ।।
यवन्ले राज गर्दा कति पतित हिन्दुुस्थल भए ।
फगत् यो नेपालको मुलुुक बची कञ्चन रहिगयो ।।
भानुुभक्तलाई आदिकविका स्थानमा स्थापित गर्न उनको उच्च भूमिका छ । अतः यही कुशे औँसीमा आँखा खोलेका युवाकवि तीन दशकमै इहलीला समाप्त गर्न पुुगेपनि अब्बल गजलकार, जीवनी लेखक, सफल अनुवादक एवं नाटकार मोतीराम भट्ट नेपालका अविस्मरणीय साहित्यिक तारा हुन् । अतः यस घडीमा श्रद्धापूूर्ण सम्झना गर्दै यो लेखलाई यही पूर्णविराम लाउँछु । अस्तुु !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच