काठमाडौं । डेनमार्कका लागि प्रस्तावित दूतावास सुम्निमा तुलाधरले सरकारको मार्गदर्शनमा रहेर आफूले कार्य सम्पादन गर्ने बताउनुभएको छ ।
आईतवार संसदीय सुनुवाईको क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकारले जारी गरेको कुटनीतिक मर्यादाभित्र रहेर आफूले कार्य सम्पादन गर्ने कार्ययोजना प्रश्तुत गर्नुभएको हो ।
प्रस्तावित दूतावास तलाधरले युवाहरुको चासो र चिन्तालाई सम्बोधन हुनेगरी पर्यटन प्रवद्र्धनमा पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । डेनमार्क लगायतका विकसित देशमा सोसियल सेक्युरिटीको क्षेत्रमा धेरै सुविधा हुने भएकाले त्यहाँ जाने नेपालीहरुलाई त्यसबारे जानकारी गराउने विषयमा पनि आफूले ध्यान दिने उहाँको भनाई थियो । डेनमार्क लगायतमा मुलुकहरुमा उच्च शिक्षा कम खर्चमा हुने भएकाले त्यसमा सहजीकरण गर्न पनि आफूले जोड दिने प्रश्तावित राजदुत तुलाधरले बताउनु भयो । उहाँले देशका मुख्यमुख्य निकायसँग सहकार्य गरेर आफूले देशको हितमा हुने गरी महिलाको क्षेत्रमा, बालबालिका र मातृभाषाको क्षेत्रमा पनि काम गर्न चाहेको बताउनु भयो ।
प्रस्तावित राजदुत तुलाधरले भन्नुुभयो, ‘युवाहरुको चाहनालाई मिट गर्ने खालको टुरिज्म प्लानहरु पनि हामीले नेपाल टुरिज्म बोर्डसँग मिलेर बनाउन सक्छौं । नेपाल टुरिजम बोर्डले आफ्नो दुतहरु पनि नियुक्त गर्दो रहेछ । म उहाँहरुसँग एकदमै नजिक भएर काम गर्नेछु । देशको मुख्यमुख्य निकायहरुसँग सहकार्य गरेर त्यहाँ के काम गर्न सकिन्छ, गर्ने हो ।’
प्रस्तावित दूतावास तुलाधरले विकसित देशहरुबाट नेपाल जस्ता विकाशशील राष्ट्रहरुले पाउनुपर्ने सुविधाको बारेमा पनि आफूले चासो दिएर काम गर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच