काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिगमा सानदार जित हासिल गर्दै सुखद् सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई ४-० ले पराजित गरेको हो । जितसँगै कोशीले तीन अंक जोडेको छ । कोशीको जितमा समीक्षा मगरले दुई गोल र सन्जुमाया तामाङले एक गोल गर्नुभयो । एक गोल भने वालिङकी यमकुमार विकले उपहार दिनुभयो ।
सोमबार सुदूरपश्चिम प्रदेश र बागमती युथ क्लबबीच खेल हुनेछ । दुई चरणमा हुने लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । यस प्रतियोगितामा तीन विभागिय टोली (त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब), ए, बी र सी डिभिजन क्लबबाट दुई टिम (संकटा क्लब, बाग्मती युथ क्लब) नगरपालिका दुई टिम (वालिङ र चन्द्रपुर नगरपालिका) र छनोट चरणका उत्कृष्ट तीन (कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश)ले पहिलो चरणमा एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन ।
पहिलो चरणको ४० खेलपछि अंक तालिकाको शीर्ष पाँच टोली बीचमा सुपर लिग हुनेछ । सुपर लिगमा पाँच टोलीबीच डबल राउन्ड रोविन खेल हुनेछ । सुपर लिगमा २० खेलपछि शीर्ष चार टोलीबीच प्लेअफ र फाइनल खेल हुनेछन् । शीर्ष दुई टोलीले पहिलो प्लेअफ खेल्नेछन् र त्यसको विजेता फाइनल पुग्नेछ । तेस्रो र चौथो टोलीले दोस्रो प्लेअफ खेल्नेछ । त्यसको विजेता र पहिलो प्लेअफको पराजित टोलीबीच इलिमिनेटर हुनेछ । त्यसको विजेता र पहिलो प्लेअफको विजेताबीच फाइनल हुनेछ ।
लिगको विजेताले १० लाख, दोस्रोले पाँच लाख, उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले जनही एक लाख, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलका प्लेयर अफ द म्याचले पाँच हजार रुपैयाँ पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच