काठमाडौं । सहकारीपीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् । आइतबार झरीमा रुझ्दै उनीहरू न्यायका लागि सडकमा निस्किएका हुन् । विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरू काठमाडौंको शान्तिवाटिकामा भेला भई सहकारी ठगी गर्ने संस्था र अध्यक्षहरूको तस्बिरसहितको ब्यानरमा राखेर प्रदर्शनमा उत्रिएका थिए ।
शान्तिवाटिकाबाट सिंहदरबारतर्फ अघि बढेका प्रदर्शनकारीमाथि प्रहरीले भद्रकालीमा लाठी प्रहार गरेको छ । प्रहरीको लाठीबाट केही सहकारीपीडित घाइते भएका छन् । प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै लाठी प्रहार गरेको हो । प्रहरीले सिंहदरबारतर्फ रोकेपछि सहकारीपीडित त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघरतर्फ लागेका थिए ।
पीडितहरूले ‘सहकारीपीडितको घरमा भात तिहुन पाक्दैन, सुशासनको कुरा गरेर सरकार कहिल्यै थाक्दैन, सहकारी ठगहरू मूर्दावाद, गरिबको खुन पसिनाको कमाइ सहकारीले खाइदियो लुटेर, श्राप लाग्नेछ तिमीहरूलाई निमुखाको मुटु कलेजो नखाऊ भुटेरलगायतका नारा खेलिएका ब्यानर बोकेका थिए ।
सहकारी समस्या समाधानका नाममा सरकारले सहकारी क्षेत्रलाई गिजोल्दै लगेको सहकारी अभियन्ताहरूले आरोप लगाएका छन् । सरकारले सहकारीपीडितको समस्या समाधानभन्दा पनि सहकारी संस्थाहरूलाई संकटग्रस्त घोषणा गर्दै बन्द गरेर झन् समस्या बढाउने काम गर्दै आएको उनीहरूको आरोप छ । सहकारीका सञ्चालकहरूले आफूहरूले सहकारी संस्था खोल्न पाए पीडितको रकम फिर्ता गर्न तयार रहेको बताउँदै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच