काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाई वामपन्थीहरुले गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले जलवायु परिवर्तनबाट जलवायु संकटको स्थितिमा पुगेको भन्दै यि मुद्दाहरु उठाउने कामको अगुवाई वामपन्थीहरुले गरेको बताउनु भयो । उहाँले जलवायु संकटका एकमात्र कारकहरु दोहन र नाफाबाहेक अरु केही नसोच्ने पुँजीवादी व्यवस्थाहरु रहेको बताउनु भयो । उहाँले अहिले श्रमीकहरु झनै संकटमा परिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘केही नयाँ इस्युहरु आएका छन् । जुन इस्युहरुको लिड वामपन्थीहरुले, समाजवादीहरुले लिनुपर्छ । जलवायु संकट, जलवायु परिवर्तनको तहबाट जलवायु संकटको तहमा पुगेका छौँ । त्यसले ढोका ढक्ढक्याउन थालेको छ । त्यो मुद्दाहरुको अगुवाई हामी वामपन्थीहरुले गर्नुपर्छ । किनभने जलवायु संकटका एकमात्र कारकहरु भनेका दोहन र नाफाबाहेक अरु केही नसोच्ने पुँजीवादी व्यवस्थाहरु हुन् । श्रमीकहरु झनझन संकटमा पर्न थालेका छन् । जुन हिसावले उत्पादनका ढाँचाहरु बदलिएका छन्, त्यो स्थितिभित्र हिजोको संगठित श्रम कमजोर हुँदै गएर मान्छेका आउटसोर्समाध्यमबाट, अरु विभिन्न ढंगले, प्रविधिमा लिड गर्ने कुराहरु छन् ।’
उपमहासचिव ज्ञवालीले २०६२÷०६३ को क्रान्तिले आर्थिक आधार परिवर्तन गर्न नसकेको बताउनु भयो । २० प्रतिशत गरिबीको रेखामुनी रहेका नागरिकलाई गरिबीमुक्त गराउनुपर्ने नेतृत्व वामपन्थीहरुले लिनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय पुँजी निर्माण, सबै नागरिकमा शिक्षा, स्वास्थ्यको पहुँचमा जोड दिनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच