
काठमाडौं । गीतकार डा.शिव सुवेदीको शब्द रचना रहेको लोकगीत ‘नरोउ है आमा’ सार्वजनिक भएको छ । छोरीको पीर लिइरहने आमालाई विश्वस्त तुल्याएका शब्दहरू समेटिएको गीतमा अस्मिता डल्लाकोटीको स्वर, नन्दु परियारको संगीत र पूर्ण संयोगको संगीत संयोजन छ । मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतको भिडियोसमेत निर्माण गरिएको छ ।
जहाँ गायिका डल्लाकोटी मुख्य भूमिका हुनुहुन्छ । अभिनेत्री हिउँवाला गौतम, शक्तिकुमार गोदार र कुशल पोखरेलले उहाँलाई साथ दिनुभएको छ । कपिल लामाले निर्देशन गरेको भिडियोमा छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन शिव पौडेलको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच