नयाँदिल्ली । भारतमा मंकीपक्स (एमपक्स) भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको केन्द्र सरकारले भाइरसबाट प्रभावित देशको यात्रा गरेका एक व्यक्तिमा संक्रमण पुष्टि भएको जनाएको हो । संक्रमित व्यक्त एक युवा हुन् ।
स्वास्थ्य मन्त्रालयले देशमा मन्कीपक्स (एमपक्स)को पहिलो घटना पुष्टि गरेको हो । विदेशबाट फर्किएका एक व्यक्तिलाई भदौ ८ गते आइसोलेसनमा राखिएको मन्त्रालयले जनाएको छ । उनको नमुनामा ‘वेस्ट अफ्रिकन क्लेड २’ मंकीपक्स भएको पुष्टि भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
तर, भारतमा यसको संक्रमण देखिएको पहिलोपटक भने होइन । सन् २०२२ मा मंकीपक्सका ३० बिरामी फेला परेका थिए । मध्य र पूर्वी अफ्रिकामा एमपक्सका बिरामी बढेपछि विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।
ज्वरो आउने, टाउको दुःख्ने, सुन्निने, ढाड दुःख्ने र मांसपेशी दुःखाइ यसका प्रमुख लक्षण हुन् । जब ज्वरो कम हुन्छ, शरीरमा दागहरू देखा पर्दछन्, जुन प्रायः अनुहारबाट सुरु हुन्छ र शरीरको अन्य भागहरूमा फैलिन्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच