खै जिन्दगी पनि कहाँ छुट्यो, थाहा पाईएन
भाग्य पनि कहाँ कसले लुट्यो, थाहा पाईएन ।
याद गरेरै चलाएको थिए, जिन्दगीको विमान,
कुन पहाडमा ठोक्किएर उछिट्टियो, थाहा पाईएन ।
सजाएर सारा सपना, राखेको त थिए मुटुभरी,
कति बेला हो कुन्नी, मुटु फुट्यो थाहा पाईएन ।
एक छाक खान पनि धौ धौ भएर, परदेश रोजे,
हेर्दा हेर्दै आफ्नो परिवार टुट्यो, थाहा पाईएन ।
दु:खका प्वालहरु टाल्छु भनेर, सोच्थे खाडीमा,
नभन्दै घाटबाट धुवाँको मुस्लो छुट्यो, थाहा पाईएन ।
▪️सुरेन्द्र सुवेदी (नि:शब्द )
दोरम्बा शैलुङ ६ रामेछाप
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच