
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले डिजिटल सेवालाई अझै परिष्कृत गर्ने योजनाअनुरूप आफ्नो कर्पोरेट कार्यालय परिसरमा ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हब उद्घाटन गर्दै एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिनबाट प्राप्त गर्ने सुविधाबाट ग्राहक डिजिटल कारोबारमा अभ्यस्त हुनुका साथै समग्र डिजिटल बैंकिङको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै हाल कर्पोरेट कार्यालयबाट सुरु गरिएको यस्तो सेवा आगामी दिनमा देशका अन्य स्थानबाट समेत सञ्चालनको योजना रहेको उहाँले बताउनुभयो ।
स्मार्ट हबमा राखिएका मेसिनहरू जस्तै चेक जम्मा गर्ने मेसिनबाट ग्राहकले क्लियरिङ चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलब्ध रहेको छ भने क्यास डिपोजिट मेसिनबाट एक हजार रुपैयाँ र पाँच सय रुपैयाँ दरका नोट जम्मा गर्न मिल्ने सुविधा रहेको छ ।
बैंकले असोज महिनाभर ‘सिटिजन्स डिजिटल महिना’ उत्सव सञ्चालन गर्ने भएको छ । उत्सवमा फोनपेसँगको सहकार्यमा बैंकले विभिन्न आकर्षक अफरसमेत सार्वजनिक गरेको छ ।
जसमा मोबाइल बैंकिङ प्रयोग गरी हवाई टिकट खरिद गर्ने यात्रुलाई चार सय रुपैयाँसम्म क्यासब्याक, बडादशँैमा बंैकको मोबाइल बैंकिङ प्रयोग गरी डिजिटल दक्षिणा दिँदा सोही कारोबारमा एक सय रुपैयाँसम्म क्यासब्याकलगायतका अफर रहेका छन् । ‘दशैँमा चलाउ सिटिजन्स कार्ड’ अभियानमा डेबिट र क्रेडिट कार्डको प्रयोगमा आकर्षक क्यासब्याकका साथै ‘डिजिटल रेमिटेन्स प्राप्ति अभियान’ मा मोबाइल बैंकिङमार्फत् प्राप्त गरिएको रेमिटेन्समा आकर्षक क्यासब्याक प्राप्त हुने अफरसमेत रहेको बैंकले जनाएका छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच