भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंविरुद्ध विभिन्न व्यक्तिको चरित्रहत्या गरेको आरोप छ ।
साइबर व्युरो र भक्तपुर प्रहरीको संयुक्त टोलीले प्रसाईंलाई आज अपरान्ह निवासबाटै पक्राउ गरेको हो । प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो ।”
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थित प्रसाईंको निवासमै ३ भ्यानसहित प्रहरी पुगेको थियो । गेट नखुलेपछि नाघेरै प्रहरी छिरेर पक्राउ गरेको हो ।
रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायतले प्रसाईंविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए । साइबर अपराधको मुद्दामा उनीमाथि मुद्दा छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बुधबार प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच