
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल महिला उद्यमी महासंघको २१औँ वार्षिक साधारणसभाका अवसरमा महासंघमा आबद्ध महिला उद्यमीका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्य र मार्केटिङ विभागका प्रमुख विनयरत्न शाक्यले उक्त कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा महिला उद्यमीले बैंकिङ कारोबार र सेवा सुविधासम्बन्धी राखेका विभिन्न जिज्ञासालाई बैंकतर्फबाट स्पष्ट पारिएको थियो ।
महासंघ अध्यक्ष शोभा ज्ञवालीले कार्यक्रमबाट महिला उद्यमीलाई बैंकिङ कारोबार गर्न प्रोत्साहन मिल्नुका साथै बैंकको सेवा सुविधाबारे जानकारी भएकाले आगामी दिनमा बैंकबाट कर्जा उपयोग गर्न सहज हुने बताउनुभएको थियो । बैंकका अनुसार कार्यक्रममा महासंघतर्फबाट एक सय ५० जना महिला उद्यमी सहभागी भएका थिए । बैंकले ‘नेपालमै टिक्न, सजिलो छ’ भन्ने मान्यता राख्दै साना तथा मझौला व्यापार–व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजना ल्याएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच