नेपालको संविधान २०७२ ले धर्मनिरपेक्ष सार्वभौम सम्पन्न राष्ट्र घोषणा गरेको छ भने त्यही संविधानमा कुनै पनि धर्म मान्ने व्यक्ति वा समूहलाई आफ्नो धर्मानुसार पूजाआजा, आचरण गर्न पाउने अधिकारको सुनिश्चितता गरेको छ । आफ्नो धर्म अनुसारको आचरण गर्न पाउने अधिकार दिइएको छ । त्यही अधिकारको परिधिभित्र रही हरेक तहतप्का समूहले धर्मको पाल्ना गर्नुपर्ने हुन्छ । संविधानले दिएको अधिकारअन्तर्गत रही सनातन धर्म मान्नुपर्ने हो । हरेक ठाउँको एउटा फरक किसिमको रीतिरिवाज र परम्परा हुन्छ । त्यही रीतिरिवाज परम्परा र संस्कृति अनुसार नै समाज चलेको हुन्छ र त्यो संस्कृति जगेर्ना गर्नु हाम्रोमात्र होइन सरकारकोे पनि दायित्व हुन्छ । यदि हामीले आफ्नो धर्म र संस्कृतिलाई बिर्सिँदै जाने हो भने यसले एकदिन विकृति नै ल्याउँछ । जुन अहिले हाम्रो समाजमा जडो गाड्दै गएको देख्न र बुझ्न सकिन्छ । समाज, राष्ट्र र संस्कृतिको रक्षा गर्नु हरेक देशवासी सरकार सबैको साझा कर्तव्य हो । यसबाट कोही अछुन्न हुँदैन । आफ्नो धर्म र संस्कृतिमाथि कसैको हस्तक्षेप जो कोहीलाई पनि अमान्य हुन्छ । जुन हाम्रो संविधानले पनि व्याख्या गरेको छ । सबैथोक सबैलाई थाहा हुँदाहुँदै पनि पौराणिक कालदेखि चल्दै आएको परम्परा र पर्वमाथि केही समय पहिलादेखि कुठाराघात हुँदै आएकोे छ ।
मानिसहरूले आफ्नो मनले भाकल गर्छन् । तर पनि व्यक्तिगत स्वतन्त्रतामाथि प्रहार गर्दै बलि नचढाउनु बलिको साटो अरू केही चढाउनु भनी भन्नु यो के हो ? यसलाई के भनेर व्याख्या गर्ने ? के अब भाकल गर्नुभन्दा पहिला सरकारसँग गएर यो सोध्ने कि हजुर म के भाकल गरू ? वा अदालतमा गएर फिराद गर्ने कि श्रीमान् म के भाकल गरू ?
मेलाको महानतालाई दिनानुद्दिन हुँदै गएको प्रसिद्धिलाई धुमिल्याउन स्वदेशका मात्र होइन विदेशका मानिसहरू पनि लागिपरेको देखिन्छ । यसमा राजनीतिज्ञदेखि ठूलाबडा सबै लागेका हुन् । धन भनेपछि महादेवको तेस्रो नेत्र खुल्छ भने झै डलरे पिशाचहरूको अहिले तेस्रो नेत्र खुलेको छ, उनीहरूले आफ्नो चारैतिर धनभन्दा अरू केही देख्न पाएका छैनन् । धनले आँखा बन्द भएकै कारण दिनहुँ हुने पशु हत्या वा पशुबलि नदेखिएको हो ।
आफ्नो जिल्ला आफनो गाउँ-ठाउँ र देशलाई संसारमा चिनाउने काम सबैले गर्न सक्दैन सबै त्यति प्रतिभावान पनि हुँदैनन् तर गढीमाई मेलाले बनाएको पहिचानलाई धुम्ल्याउन यति कसरत किन ? अरू दिन चिर निद्रामा सुत्ने र काठमाडौंमा मात्र सबै अधिकार दिने र पाउने भनी सोच राख्ने अधिकारकर्मीहरू गढीमाई मेलाको समयमा मात्र किन आउँछन् त बारामा ? सबैले सोच्नुपर्ने र विचारणीय प्रश्न हो ?
हरेक तहतप्का हिन्दु, मुस्लिम, शिख, इसाई सबैले मनाउँदै आएको पर्वको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको छ । यसलाई समाप्त गर्न हरेक तहतप्का लागि परेका छन् । यसको पक्षमा बोलिदिने आवाज उठाउने कोही छैनन् । यो संस्कृतिलाई जोगाउने प्रयास कही कतैबाट भएको छैन । तर, यसलाई समाप्त पार्ने खेल विश्वस्तरमा भएको छ । यसका लागि धन, जन, बल, सोर्स हरेक चिज उपयोग गरिएको छ ।
यसलाई समाप्त पार्न केन्द्रदेखि स्थानीयस्तरका महान् व्यक्तिहरू लागि परेका छन् । हरेक व्यक्ति जो गढीमाईको गुणगान गर्छन् उनीहरूलाई चुप लाग्न बाध्य पारिएको छ । कसैलाई पैसा दिएर त कसैलाई पद दिएर त कसैलाई कानुनको डर देखाएर यो संस्कृति, पर्वलाई जगेर्ना गर्नुको साटो यसको अन्त्यको कथा लेख्न सबैै आतुर देखिएका छन् । पर्व र संस्कृति नमान्न चारैतर्फबाट दबाब भइरहँदा पनि वकालत र प्रतिकार गर्नेहरू सबै विलिन भएर गएजस्तोे लाग्छ । आफ्नो दुनो सोझ्याउन डलर कमाउन होडबाजी चलेको छ । पर्व र संस्कृतिलाई जगेर्ना गर्नु कता हो कता यसलाई अधर्मको संज्ञा दिइएको छ । निरीह पशुभन्दा निरीह अहिले माता गढीमाई भएकी छन् । उनको वकालत गर्ने कोही छैनन् । डलरे पिचासहरूले अब मातालाई पनि नछोडने भएका छन् । यस पर्वलाई सनातन धर्मसँग जोडेर धर्मको व्याख्या गरिन्छ । सनातन धर्ममा पशुबलि कही कतै भेटिँदैन । त्यसैले यसलाई रोेक्नुपर्र्दछ । तर, ती व्याख्या गर्ने विद्वानहरूले यो कहिल्यै भन्न सकेनन कि यो धर्र्म होइन यो एउटा महान् पर्व हो । जसरी कुम्भको मेला लाग्छ त्यसरी नै यो पनि एउटा मेला हो । पर्व हो ।
जसलाई मनाउने छुट हरेक जाति समुदायलाई हुुनपर्दछ । यो मेलाको गरिमा र महानता गुम्न दिनु हुँदैन । यसलाई जोगाई राख्नुपर्दछ । यो मधेसको मात्र होइन हाम्रो देशको गौरव हो । जसरी हामी दशैँलगायत पर्वहरू मान्दछौ त्यसरी नै यो पनि पाँच वर्षमा आउने हामी नेपालीहरूको महान् पर्व हो । यसको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो । यसलाई धर्मसँग जोडेर जुन रूपमा तोडमरोर गरेर व्याख्या भइरहेको छ । त्यसले एक दिन यो पर्वलाई समाप्त नै गर्छ । होला डलरेहरूको हेर्ने चश्मा फरक होलान् । वास्तवमा भन्ने हो भने जुन रूपमा गढीमाई मेलाले प्रसिद्धि पाउँदैै गएको छ । त्यो प्रसिद्धि सबैले पचाउन सकेका छैनन । यस पर्वको महिमालाई उल्टो बखान गरी जनताहरू (जनमानस) मा भ्रम सिर्जना गर्न खोजिएको छ ।
कलैयामा मात्रै हरेक दिन सयौं खसीबोकाहरूको बध गरिन्छ । र, त्यही मासु हामी खाने गरेका छौ । अनि यसको विरोध किन हुँदैन ? यसलाई बन्द गराउन किन पशु अधिकारकर्मीहरू अगाडि आउँदैनन् । माता गढीमाईले कोही कसैलाई बलि चढाऊ भनी भन्न गएकी छैनन् । नत गढीमाईमा बलि चढाउन आउनु भनी कहीँ कतैबाट प्रचारप्रसार हुन्छ ।
विशेषगरी अहिले मेला लागाउन चहलपहल सुरु भएको छ । जनमानस कतिपय भ्रमको शिकार नभएका पनि होइनन् । अन्यौलता बढ्दै गएको छ । यही दोधारमा मेला लाग्ने नै हो । फरक यति हो हामीले हाम्रो पर्वलाई कसरी मनाउने ? आफनो संस्कृतिको जगेर्ना कसरी गर्ने ? आफ्नो चाडबाड कसरी मनाउने ? के त्यसका लागि विदेशबाट विशेषज्ञ ल्याउनुपर्दछ वा विदेशीहरूले हाम्रो पर्वलाई मनाउन सिकाउँछ ? सदियौंदेखि मान्दै आएको पर्वलाई के गर्ने ? विदेशीहरूले जे भन्छ त्यही गर्ने कि आफूले गर्दै आएको विधिविधानसरह हामीले पर्व मनाउने ?
हामीले पर्व कसरी मनाउने मलाई लाग्छ त्यो डलरेहरूले सिकाउनु नपर्ने विषय हो ? किन कि दशैँ र होलीमा मासु नखानु, दशैँमा बलि नदिनु, कन्दमुल खानु, शाकाहारी खानु ? देवीको होइन अरू देउताको पूजा गर्नु शायद विदेशीले सिकाउँदैन वा हामी त्यसरी गर्दा पनि गर्दैनौ । तीजमा भोकै नबस्नु त्यसको विपरीत गर्नु शायद कोही कसैले गर्दैन । हामी अरूको कुरामा लागेर आफ्नो पर्व र संस्कृतिको विनाश गर्न तल्लिन भएका छौं । पशु निरीह हुन्छन अनि पशुबलि गढीमाईमा मात्र हुन्छ कि अरू पनि ठाउँमा हुन्छ । त्यहाँ किन आँखा चिम्लिएको छ ? हजारौं पशुहरूको प्रत्येक दिन बलि हुन्छ, हाम्रो राजधानी काठमाडौंमा मात्र होइन हरेक शहर बजारमा हजारौ खसी, बोका राँगाको बलि दिइन्छ हत्या गरिन्छ र त्यसको मासु हामी जिब्रो पडकाएर खान्छौ के यो बध होइन ? जुन शानले हामी मासु खान्छौ के बध नगरिकन आउँछ ? के ती पशुहरू विदेशबाट मारेर ल्याइन्छ ? यदि बलि नै हटाउने हो भने यो मेलाको अस्तित्व के ? के भनेर भोलि हामी यसको पहिचान बनाउन खोजेका हौं हामी ? बलि हटने वितिकै यस्ता थुप्रै शक्तिपीठ छन् यसको पहिचान गुमाउन हामी तल्लिन भएका छौ ।
कलैयामा मात्रै हरेक दिन सयौं खसीबोकाहरूको बध गरिन्छ । र, त्यही मासु हामी खाने पनि गरेका छौ । अनि यसको विरोध किन हुँदैन ? यसलाई बन्द गराउन किन पशु अधिकारकर्मीहरू अगाडि आउँदैनन् । माता गढीमाईले कोही कसैलाई बलि चढाऊ भनी भन्न गएकी छैनन् । न त गढीमाईमा बलि चढाउन आउनु भनी कहीँ कतैबाट प्रचारप्रसार हुन्छ । मानिसहरूले आफनो मनले भाकल गर्छन् । व्यक्तिक स्वतन्त्रतामाथि प्रहार गर्दै बलि नचढाउनु बलिको साटो अरू केही चढाउनु भनी भन्नु यो के हो ? यसलाई के भनेर व्याख्या गर्ने ? के अब भाकल गर्नुभन्दा पहिला सरकारसँग गएर यो सोध्ने कि हजुर म के भाकल गरू ? वा अदालतमा गएर फिराद गर्ने कि श्रीमान् म के भाकल गरू ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच