काठमाडौंका करिडोर तथा केही मुख्य सडकमा आवागमन प्रभावित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकास्थित नदी आसपासका सडक तथा केही मुख्य सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

काठमाडाैंको तीनकुने, गैरीगाउँ, युएनपुल, टेकुस्थित विष्णुमती करिडोर, माइतीघर नयाँबाटो, ग्वार्को-इमाडोल सडक, परोपकार, सानेपा, कालोपुल, बल्खुपुललगायत सडकमा सवारी आवागमन प्रभावित भएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पहिराका कारण विभिन्न नाका हुँदै काठमाडौं भित्रने र बाहिरने सवारीसाधन पनि चल्न सकेका छैनन् । नागढुङ्गा-नौबिसे, फर्पिङ, भीमढुङ्गा, धर्मस्थली-तीनपिप्ले र कान्ति लोकपथ अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

पानीको बहाव बढेकाले बनेपा बजार हुँदै चल्ने सवारीसाधन पनि रोकिएका छन् । निरन्तर वर्षा भइरहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई अनुरोधसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?