काठमाडौ । नेपाल उद्योग परिसंघअन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुस ७ गते देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट सिएनआइवाइइएफ स्टार्टअप फेस्ट २०२३ आयोजना गर्ने भएको छ । सरकारसँगको सहकार्यमा नबिल बैंक प्रिजेन्ट्स सिएनआइवाइइएफ स्टार्टअप फेस्ट २०२३ आयोजना गर्ने भएको हो । नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउने, नवीन सोच भएका स्टार्टअपलाई लगानी जुटाउन सहयोग गर्ने, मेक इन नेपाल स्वदेशी अभियानको प्रवद्र्धन एवं नीतिगत बहस गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेस्ट आयोजना गर्न लागिएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले स्टार्टअपहरूलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहँदै आएको भन्दै नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगका रूपमा स्थापित गराउन उनीहरूलाई लगानी जुटाएर प्रोत्साहन गरिने बताउनुभयो । साथै नीतिगत सुधार एवं नीति निर्माणका लागि सरोकारवालाबीच गहन छलफल गरिनेछ । स्टार्टअप प्रवद्र्धनमा विदेशमा भइरहेका सफल अभ्यास तथा उपलब्धिका विषयमा पनि विभिन्न सत्रमा छलफल हुने आयोजकले जनाएको छ । सिएनआइवाइइएफ स्टार्टअप फेस्टमा दुर्ई सय ५० भन्दा बढी स्टार्ट अप्सले लगानीका लागि परियोजनासहित प्रस्ताव पेश गरेका छन् । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ उत्कृष्ट स्टार्ट अप्सलाई फेस्टमा प्रस्तुतीकरणको अवसर प्रदान गरिने बताइएको छ । पुँजी लगानीका लागि टेलि-भेन्चर, एनआइएमबी एस क्यापिटल, रिलायबल भेन्चर, लोटस होल्डिङ, अल्फा प्लस भेन्चर, हिमालयन क्यापिटल, टिम भेन्चर, ग्लोबल इक्विटी फण्ड, अध्यान्ता फण्ड म्यानेजमेन्ट, नियोटेरिक नेपालले प्रतिबद्धतासमेत जनाइसकेका सिएनआइवाइइएफले जनाएको छ ।
स्टार्टअप फेस्टमा मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध स्वदेशी कम्पनीको प्रदर्शनी एवं स्टार्ट अप्सले आफ्ना वस्तु तथा सेवाको प्रदर्शनी पनि गर्नेछन् । सिएनआइवाइइएफ स्टार्टअप फेस्टको टाइटल स्पोन्सरमा नबिल बैंक लिमिटेड रहेको छ । २०२२ को पहिलो संस्करणको फेस्टमा २४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी जुटेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच