
काठमाडौं । अनिलकुमार साहको अर्धशतकसँगै नेपालले ५० ओभरको अभ्यास खेलमा हाइप्रोफोमेन्स (एचपी)लाई पराजित गरेको छ । बुधबार बिहान भएको खेलमा नेपाल दुई विकेटले विजयी भएको हो । जितसँगै नेपालले शृंखलामा ३-१ को अग्रता लिएको छ । यसअघि तीन विकेटले पराजित भएको नेपालले २० र १० रनको जित निकालेको थियो ।
एचपीले प्रस्तुत गरेको १९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि अनिल साहले ७३ बलमा ५९, आरिफ शेखले ३४ र कुशल मल्लले ३० रन बनाउनुभयो । एचपीका लागि शाहीद अमहमजाइले तीन सुखिन्दर सिंहले दुई विकेट लिनुभयो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको एचपीले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १९४ रनको योगफल बनायो । एचपीका लागि मिहार पटेलले ७२, खेबर खानले २८ र आर्यवीर सिंहले २६ रन बनाउनुभयो ।
नेपालका लागि कुशल भुर्तेलले तीन, करण केसी र सागर ढकालले समान दुई तथा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिनुभयो । नियमित कप्तान रोहितकुमार पौडेललाई भने आराम दिइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच