
देश भ्रष्टाचारको दलदलमा फसेको अवस्थामा नवोदित पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी चमत्कारी ढंगले उदय भएको थियो । धेरै नेपाली नागरिकहरूले उक्त पार्टीप्रतिको उत्साहजनक सहभागिता जनाउनु स्वाभाभिक पनि थिया । रास्वपाको उदयसँगै पुराना रैथाने दलहरूमा चिन्ता र छाट्पटी देखापरेको सजिलै अनुमान गर्न सकिन्थ्यो । यही सन्दर्भमा कांग्रेस-एमालेले रास्वपाको खुट्टा तान्ने अवसरको खोजीमा देखिन्थे । के खोज्छस् काना आँखो भनेजस्तै सहकारी ठगी प्रकरणमा त्यस पार्टीका सभापति रवि लामिछानेको संलग्नता संसदीय छानविन समितिले देखायो ।
त्यही संसदीय छानविन समितिको प्रतिवेदनको अँखेटोमा टेकेर हिजो अर्थात २०८१ कात्तिक २ गते सरकारले रास्वपाका सभापति लामिछानेलाई गिरफ्तार गरी पोखरा पुर्याएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितहरूको उजुरीको आधारमा निज रवि लामिछानेलाई पक्राउ गरी पोखरा पुर्याइएको अवस्था विद्यमान छ । यस घटनाले नेपालीहरूको आशा र भरोसामा ह्रास आउनु स्वभाविकै जस्तो देखिन्छ । पुराना रैथाने दलहरूप्रति नागरिकको विश्वास घट्दै जानु र नयाँ पार्टीमा भ्रष्टाचारको गन्ध आउनुले आमनेपालीहरूमा निराशा बढ्दै गरेको प्रष्ट देखिएको छ । सबै नेपालीमा अब के हुन्छ भन्ने जिज्ञासा छ ।
यदि हुलहुज्जत र बाहुबलले अदालत र अनुसन्धान गर्ने निकायलाई प्रभावमा पार्ने चेष्टा हो भने त्यो प्रयास दुर्भाग्यपूर्ण हुनेछ र रास्वपाको सुदुर भविष्य इतिहासको पानामा थन्किन सक्ने खतरा टड्कारो रूपमा देखिँदै छ । वाकपटुताकै भरमा देशमा कानुनीराज्य स्थापित गर्न सकिँदैन ।
यो जिज्ञासाको पटाक्षेप हुन धेरै समय नलागे पनि सहकारी ठगी प्रकरणको अन्तिम टुंगो लाग्न भने अवश्य पनि सोचेभन्दा बढी समय लाग्ने निश्चित छ । इलामको उपचुनावको परिणामले खस्किएको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले आएर पार्टी सभापतिको भ्रष्टाचारजन्य काण्डमा मुछिनुले उक्त पार्टीको छवि र रवि जोगाउन हम्मेहम्मे पर्ने देखिन्छ । राजनीतिक रूपमा जति छिट्टै उदाए त्यत्ति छिट्टै अस्ताउने खतरा बढेर आएको छ । रास्वपाका नेता कार्यकर्ताले बाहुबल प्रदर्शन गरे पनि सभापति रवि लामिछाने र पार्टीको छवि जोगाउन गाह्रो देखिन्छ । तसर्थ अब भ्रष्टाचारसम्बन्धी पाटोलाई स्वतन्त्र रूपले छानविन तथा अनुसन्धान गर्न सहज वातावरण सिर्जना गर्नु राम्रो पक्ष हो ।
विगतका घटनालाई पनि हेर्नुपर्छ कि ठूलठूला क्रान्ति र आन्दोलनमा सक्रिय सहभागी भएका थुप्रै नेताहरू भ्रष्टाचार गरेको आरोपमा त्यसरी नै पक्राउ परेका थिए जसरी रवि पक्राउ परे तर कांग्रेस-कम्युनिष्टका नेताहरू भ्रस्टाचारमा गिरफ्तार हुँदा सम्बन्धित पार्टी नेता वा शुभेच्छुकहरू सडकमा उत्रिएका थिएनन् । यो कुराको हेक्का राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले राख्नुपर्ने थियो तर त्यसो गरेनन् जुन अनाडीपन हो भन्ने लाग्छ ।
कानुनको अज्ञानता क्ष्यम्य हुँदैन भन्ने सामान्य ज्ञान नहुनु त्यत्रो पार्टीको सभापति लामिछानेको अर्को अनाडिपन हो । यस विषयलाई सम्बन्धित पार्टीका अन्य नेता कार्यकर्ताले गम्भीरतापूर्वक सोच्नुपर्ने देखिन्छ । रास्वपाका उपसभापतिलगायत नेताकार्यकर्ताले पोखरामा डेरा जमाएर सडकमा हुलहुज्जत गरेर कानुनी राज्यको उपहास गर्न/गराउन खोज्नु उपयुक्त ठानिएको छैन । प्रतिशोधकै आधारमा लामिछानेलाई सहकारी ठगी प्रकरणमा गिरफ्तार गर्न प्रधानमन्त्री केपी शर्मा ओली किन लाग्नुपर्यो ? उहाँ अर्थात् केपी शर्मा ओली त रविप्रति सहानुभूति राख्ने गरेको मान्छे होइन र ?
यसर्थ राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगी प्रकरणमा छानविन तथा अनुसन्धान कार्यमा सहयोग पुर्याउनु बुद्धिमानी ठहरिन्छ । भ्रष्टाचारजन्य काण्डमा अन्य पार्टीका नेताहरू पनि कारबाहीको परिधिमा परेका छन् भने अझै धेरै ठूला पार्टीका ठूलै नेताहरूमा भ्रष्टाचारको चर्चा चलिरहेको छ । आशा गरौं ढिलो/चाँडो त्यसको पनि छानविन तथा अनुसन्धान प्रक्रिया अघि बढ्नेछ । सरकार प्रमुख अर्थात् प्रधानमन्त्री केपी शर्मा ओली र आरजु राणा देउवाले पनि भ्रष्टाचार गरेको आरोप खेप्नुपरिरहेको छ । गिरिबन्धु टी-स्टेट र भुटानी शरणार्थी काण्ड सेलाएको छैन । यो कुराको पनि रास्वपाका नेताहरूले हेक्का राख्नै पर्छ । आज देश यति धेरै गम्भीर संकटमा पर्नुको मूलकारण नै भ्रष्टाचार हो भन्नेमा कुनै द्विविधा छैन ।
त्यसैले नेतालाई केन्द्रमा राख्ने होइन नागरिकलाई सर्वोपरी ठानेर जानुपर्छ । यो कुराको हेक्का रास्वपा जस्तो पार्टीले किन राख्दैन ? त्यस पार्टीमा धेरै राम्रा र असल युवा नेताहरू छन् । एउटा नेताको पछि लागेर आफ्नो राजनीतिक भविष्य किन अँध्यारोमा धकेल्दै छन् बुझिनसक्नु भएको छ । यदि हुलहुज्जत र बाहुबलले अदालत र अनुसन्धान गर्ने निकायलाई प्रभावमा पार्ने चेष्टा हो भने त्यो प्रयास दुर्भाग्यपूर्ण हुनेछ र रास्वपाको सुदुर भविष्य इतिहासको पानामा थन्किन सक्ने खतरा टड्कारो रूपमा देखिँदै छ । वाकपटुताकै भरमा देशमा कानुनीराज्य स्थापित गर्न सकिँदैन । उखान टुक्का वा लम्बाचौडा भाषणले देश विकास र समृद्धि आउने भए धेरै पहिले नेपालीहरू उन्नतिको शिखर पुगिसक्थ्ये तर त्यस बाटोबाट न विकास नै सम्भव छ न समृद्धि नै ।
त्यसैले नेपालीको चाहना र आवश्यकतालाई दृष्टिगत गरि तदअनुकूल नीति तथा कार्यक्रम ल्याउन जरुरी छ । त्यस्तो नीति कार्यक्रम ल्याउन पहिले त सैद्धान्तिक प्रतिवद्धता आवश्यक पर्छ । त्यसका लागि मौजुदा राजनीतिक दलहरूले विचार र सिद्धान्तमा आधारित भएर जनमुखी नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ । त्यसैको अभावमा आज मुलुक र मुलुकबासीले यो दुर्दशा व्यहोर्नु परिरहेको छ । त्यसमा पनि भर्खरै बामे सर्दै गरेको रास्वपा झन् बढी प्रष्ट विचार र दृष्टिकोणका साथ विवादमा नपरीकन आफ्ना नीति, सिद्धान्त र कार्यक्रमका साथ नेपाली नागरिक माझ विश्वासिलो हुनुपर्छ । त्यसैमा उदीयमान पार्टी रास्वपाको भविष्य सुनिश्चित हुन्छ । होइन अहिलेकै जस्तै विवादित हुँदै जाने हो भने रास्वपाले संकट टार्न मुस्किल पर्नेछ ।
रास्वपा उत्तेजनामा होइन गम्भीरतापूर्वक जिम्मेवारी बोधका साथ सोचविचार गरी सडकमा उत्रने काम रोक्नुपर्छ नत्र प्रतिउत्पादक पनि हुनसक्छ । मुलुकमा शान्ति-सुव्यवस्था तथा अमनचैन कायम गरी सुशासनको प्रत्याभूति आजको आवश्यकता हो । छोटो समयमा जनताले दिएको विश्वास थाम्न सक्नुपर्छ ।
पञ्चायती निरंकुशताविरुद्ध प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा होमिएका राजनीतिक शक्तिहरूले विशेष गरेर कांग्रेस र तत्कालीन मालेले सत्ता चलाए पनि नागरिकमा उत्साहजनक अवस्था सिर्जना गर्न सकेनन् । परिणामस्वरूप २०७९ मार्ग ४ गते सम्पन्न आमनिर्वाचनमा नेपाली नागरिकले नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म हुन पुगेको यथार्थ सबैका सामु जगजाहेर नै छ । तर, आज उक्त पार्टीको सभापति रवि लामिछानेमाथि लागेको भ्रष्टाचारको आरोपले यो पार्टी जसरी उदायो त्यसरी नै अस्ताउने त होइन भन्ने चर्चा पनि सुनिन थालेका छ । यहाँ के कुराको ख्याल राख्न आवश्यक छ भने भ्रष्टाचार जस्तो केसमा सिंगो पार्टी नमुछियोस् र एउटा व्यक्तिको पछि सति जान खोज्नु पनि त्यति उपयुक्त होइन भन्ने हेक्का राख्नुपर्ने देखिन्छ ।
शाहीकालमा तत्कालीन कांग्र्रेस प्रजातान्त्रिक पार्टीका सभापति शेरबहादुर देउवालाई भ्रष्टाचारकै केसमा गिरफ्तार हुँदा पार्टीका नेता कार्यकर्तालेले सडकमा कुनै सभा र जुलुस गरेका थिएनन् । कानुनी लडाइँमार्फत् सफाइ पाएका थिए । रवि लामिछानेले आफूविरुद्धको सहकारी ठगी प्रकरणमा कानुनी उपचारमा लाग्नुको सटो सडकमा नेता कार्यकर्ता उतार्नु अपरिपक्कता हो । यही परिस्थितिमा रविले सफाइ पाए त राम्रै होला यदि भ्रष्टाचारी नै ठहर भए भने सिंगो पार्टी संकटमा पर्ने खतरा छ ।
यसर्थ रास्वपा उत्तेजनामा होइन गम्भिरतापूर्वक जिम्मेवारी बोधका साथ सोचविचार गरी सडकमा उत्रने काम रोक्नुपर्छ नत्र प्रतिउत्पादक पनि हुनसक्छ । मुलुकमा शान्ति सुव्यवस्था तथा अमनचैन कायम गरी सुशासनको प्रत्याभूति आजको आवश्यकता हो । छोटो समयमा जनताले दिएको विश्वास थाम्न सक्नुपर्छ । त्यसका लागि कुनै आरोपको धैर्यपूर्वक कानुनी उपचारको बाटो अवलम्बन नै समस्याको उत्तम विकल्प हो । यदि यो विकल्प छोडेर सडक नै रोज्न पुगियो भने निःसन्देह त्यसले पार्टीमाथि संकट आइपर्ने देखिन्छ ।
एउटा कुरा के पक्का हो भने नेपाली नागरिकले पुराना र रैथाने पार्टोहरूको विकल्प खोजिरहेका छन् । त्यस्तो विकल्पको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई साथ दिएका हुन् भन्ने तथ्य मनन् गर्न आवश्यक छ । भ्रष्टाचारमा कुनै न कुनै रूपमा मुछिएको बुझिन् आएको सन्दर्भमा जनादेशको आफू अनुकूल अर्थ लगाएर जोगिन खोज्नु रवि लामिछानेको चलाखीबाहेक अरू केही होला जस्तो लाग्दैन । जुन चलाखीले स्वयं रास्वपा संकटमा नपर्ला भन्न सकिँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच