
काठमाडौं । चलचित्र ‘राजागञ्ज’ चैतमा सिनेमाघरमा आउने भएको छ । दीपक रौनियार निर्देशित यो चलचित्र चैत १ गतेदेखि सिनेमाघरमा आउने भएको हो । निर्माणपक्षले एक विज्ञप्ति जारी गर्दै सिनेमाघरमा आउने मितिबारे जानकारी गराएको हो । टी फोक्स फिल्मस् र ब्यांकतेश इन्टरटेनमेन्टले संयुक्तरूपमा चलचित्रलाई नेपालमा वितरण गर्नेछन् ।
दीपक रौनियार निर्देशित यो चलचित्र नेपालमा ‘राजागञ्ज’ शीर्षकमा प्रदर्शन हुने यो चलचित्र विदेशमा ‘पूजा, सर’को नामले प्रिमियर भएको थियो । जारी र कबड्डीका सिरिजजस्ता ब्लकबस्टर निर्माता रामबाबु गुरुङ, अभिनेता दयाहाङ राई र भारतीय निर्देशक अनुराग कश्यप यस फिल्मका निर्माता हुनुहुन्छ । चलचित्रमा दयाहाङ राई, आशा मगराती, निकिता चाण्डक, ऋचा शर्मा, विजय बराललगायतको अभिनय छ ।
भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको यो चलचित्र हालै बुसान फेस्टिभल र भारतको मुम्बई फिल्म फेस्टिभलमा समेत स्क्रिनिङ भएको थियो । चलचित्रको फ्रान्स, जर्मनी, स्विजरल्याण्ड र बेलायतजस्ता देशहरूका लागि वितरण अधिकार प्रतिष्ठित कम्पनीहरूले किनिसकेको छ । त्यस्तै, अमेरिकी कम्पनी पेनी ब्ल्याक मिडियाले यस चलचित्रको अन्तर्राष्ट्रिय एयरलाइन्स प्रदर्शन अधिकार किनेको छ । यो चलचित्र चाँडै अन्तर्राष्ट्रिय एयरलाइन्समा प्रदर्शनमा आउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच