
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासमा सात वित्तीय संस्था कारबाहीमा परेका छन् । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन पालना नगर्ने वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको हो । कारबाहीमा पर्नेहरूमा तीन विकास बैंक र चार फाइनान्स कम्पनी रहेका छन् ।
कारबाहीमा पर्नेहरूमा तीन विकास बैंक र चार फाइनान्स कम्पनी रहेका छन् ।
सो अवधिमा विकास बैंकतर्फ सिन्धु, साल्पा र मितेरी विकास बैंकले निर्देशन उल्लंघन गरेको पाइएको छ । त्यस्तै वित्त कम्पनीतर्फ जानकी, गोर्खाज, प्रोग्रेसिभ र रिलायन्स फाइनान्सले निर्देशन पालना नगरेकाले कारबाहीमा परेका छन् । सिन्धु विकास बैंक र साल्पा विकास बैंक, जानकी फाइनान्स र प्रोग्रसिभ फाइनान्सले आफ्नो वासलात तथा नाफा नोक्सान हिसाबको विवरण ढिलो पेश गरेका थिए ।
केन्द्रीय बैंकका अनुसार मितेरी डेभलपमेन्ट बैंकले अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत हुनुपर्नेमा त्योभन्दा धेरै कायम गरेको पाइएको छ । गोर्खाज फाइनान्सका सञ्चालक र कर्मचारी भने वित्तीय स्वार्थ रहेको ग्राहकसंँगको कारोबारमा संलग्न भएको पाइएको छ । संस्थाको कर्मचारी तथा तत्कालीन अध्यक्ष/सञ्चालक ऋणी/ग्राहकसँग संस्थामा नै खोलिएका खातामार्फत् आर्थिक कारोबारमा पटक-पटक संलग्न भएको देखिएको छ ।
त्यसैगरी रिलायन्स फाइनान्सले भने २०८१ भदौ २३ गतेदेखि २०८१ असोज ५ गतेसम्मको अवधिमा नियामकीय व्यवस्थाअनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम गर्न नसकेको केन्द्रीय बैंकले जनाएको छ । सबै संस्थाका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृतलाई यसपटक सचेतमात्रै गराइएको हो । एक आर्थिक वर्षभित्र पहिलोपटक गल्ती गर्नेलाई सचेत गराउने र दोस्रोपटकदेखि आर्थिक जरिवाना गर्ने नीतिगत व्यवस्था रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच