
काठमाडौं । नेपालमा प्रथम मेची-महाकाली उल्टो साइकल यात्री जेवी खरेल (जीवनाथ)को गीत ‘तिमी त मेरो हृयाप्पी हर्मोन’ सार्वजनिक भएको छ । जीवनाथलाई रीता केसीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो ।
जीवनाथकै शब्द रहेको गीतमा मनोहर सुनामको संगीत संयोजन छ । पृथक् रूपमा तयार गरिएको गीत गिनिज बुक अफ वल्र्ड रेकड्सका लागि लगिने प्रथम मेची-महाकाली उल्टो साइकल यात्री पोखरेलले बताउनुभयो ।
गायक स्वास्थ्य क्षेत्रमा कार्यरत देखाइएको छ भने भिडियोको कलाकार सुधा गौतम शिक्षिका हुनुहुन्छ । भिडियोमा उल्टो साइकलमा यात्रा गर्दै विभिन्न क्रियाकलाप गरिएको दृश्य समावेश छन् । डान्सिङ तथा मेलोडियस गीतमा एकै क्षेत्रमा काम गर्ने महिला पात्रलाई प्रस्तुत गरिएको छ ।
जीवनाथले २०६३ सालमा लागूऔषध तथा दुव्र्यसनमा किशोरकिशोरीलाई नलाग्न जनचेतना जगाउने उद्देश्यले पूर्वको मेची पुलदेखि पश्चिम दोधारा चाँदनीसम्म उल्टो साइकल यात्रा गर्नुभएको थियो ।
पोखरेलकै निर्देशनमा बनेको भिडियोको छायांकन पदम विश्वकर्मा, सुमन एसकेआर, कमल श्रेष्ठले गर्नुभएको हो भने सम्पादन सन्देश शाहले गर्नुभएको छ । भिडियो ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच