काठमाडौ । इम्पावरिङ सेलर्स, फ्यासिलिटेटिङ ग्रोथ भन्ने नाराका साथ दराज नेपालले बिक्रेता सम्मेलन सम्पन्न गरेको छ । उक्त कार्यक्रममार्फत् दराज नेपालले दराज प्लेटफर्मको मेरुदण्डका रूपमा रहेका आफ्ना लगनशील बिक्रेताको सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्य लिएको थियो । कार्यक्रममा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति अध्यक्ष अब्दुल खानले परिवर्तनशील डिजिटल युगसँग अनुकूल हुनुको विकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममार्फत् आगामी दिनमा इ-कमर्शसम्बन्धी विषयलगायत इ-कमर्श ऐनबारे संसदीय समितिमा छलफल आवश्यकता परेमा सहजीकरण गर्ने उहाँको भनाइ थियो । दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले दराजलाई आजका दिनसम्म ल्याइपुर्याउन बिक्रेताको मुख्य भूमिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिक्रेताको अथक मिहिनेत, परिश्रम, साथ र सहयोग नै दराजले पाएको यो सफलताको प्रमुख कारण हो ।’ कार्यक्रममा दराज नेपालका चिफ लजिस्टिक्स अफिसर सन्तोष विष्ट, चिफ कमर्सियल अफिसर प्रवीण रुक्सान र मार्केटप्लेस प्रमुख प्रशान्त बुर्लाकोटीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा दराज प्लेटफर्ममा उत्कृष्टता प्राप्त गरेका १८ बिक्रेतालाई सम्मान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच