सिड्नी । एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा अस्ट्रेलियाले पाहुना टोली पाकिस्तानलाई पराजित गरेको छ । सोमबार भएको खेलमा अस्ट्रेलिया दुई विकेटले विजयी भएको हो । पाकिस्तानले दिएको २०४ रनको लक्ष्य अस्ट्रेलियाले ३३.३ ओभरमा आठ विकेट गुमाउँदै पूरा ग¥यो । योसँगै अस्ट्रेलियाले शृंखलामा १-० को अग्रता लिएको छ । अस्ट्रेलियाका जोस इंग्लिसले सर्वाधिक ४९ रन बनाउनुभयो ।
स्टिभन स्मिथले ४४ रन बनाउँदा कप्तान प्याट कमिन्स ३२ रनमा अविजित रहनुभयो । अन्य ब्याटरले भने प्रभावशाली प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका हरिस रउफले सर्वाधिक तीन विकेट लिनुभयो । शाहिन साह अफ्रिदीले दुई विकेट लिँदा नसिम साह र मोहम्मद हुसेनको नाममा समान एक विकेट रहृयो । त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन बनाएको थियो । कप्तान मोहम्मद रिजवनले सर्वाधिक ४४ रन बनाउनुभयो । नसिम ४०, बाबर आजम ३७, अफ्रिदी २४ र इरफान खान २२ रनमा आउट हुनुभयो ।
अस्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक तीन विकेट लिनुभयो । प्याट कमिन्स र एडम जाम्पाले समान दुई विकेट लिँदा सेन एबट र मार्नस लामुसचेनको नाममा एक÷एक विकेट रहृयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच