नेपाल पहिलोपटक विश्व साइक्लिङमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुँदैछ । अगष्ट २ देखि १३ तारिखसम्म स्कटल्याण्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान १-१ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुषमा सुरज रानामगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटिबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्नेछन् । दुवै १९औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुनुहुन्छ । उषाले १३औं दक्षिण एसियाली खेलकुदमा एमटिबी क्रस कन्ट्रीमै रजत जित्नुभएको थियो ।

व्यवस्थापकमा नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारी रहनुभएको छ । टोली आइतबार स्कोटल्याण्ड प्रस्थान गर्दैछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उहाँहरूलाई एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?