काठमाडौं । नेपालका विभिन्न छापा सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरूको छाता संगठन पिजे क्लब नेपालको आइतबार सम्पन्न १३औँ साधारणसभाले द्वारिका काफ्लेकोे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा कान्तिपुर दैनिकका अंगद ढकाल, महासचिवमा नयाँ पत्रिकाका अमुल थापा, सचिवमा गोरखापत्र दैनिकका कविन अधिकारी, कोषाध्यक्षमा केशव थापा निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यमा सन्जोग मानन्धर, निशा भण्डारी, इलिट जोशी, बिजु महर्जन, सरोज बैजू र सञ्जित परियार रहेको पिजे क्लबले जनाएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य विकास कार्कीको उपस्थितिमा सम्पन्न अधिवेशनमा क्लबका पूर्वअध्यक्ष प्रकाश माथेमा, वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठलगायतको पनि उपस्थिति रहेको थियो ।
क्लबले फोटो पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्ययोजना बनाएर अघि बढ्ने जनाएको छ । निर्वाचित कार्यसमितिको पहिलोे बैठकले निवर्तमान कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यलाई क्लबलाई पु¥याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको क्लबका महासचिव अमुल थापाले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच