काठमाडौं । धावक रामसुन्दर कार्की ललितपुरदेखि जनकपुरसम्म पाँचौँपटक दौडने हुनुभएको छ । ५४ वर्षीय कार्कीले मंसिर १८ गतेदेखि दौड यात्रा सुरु गर्दै हुनुहुन्छ । करिब २२५ किलोमिटर दूरी कार्कीले मंसिर २१ गते पूरा गर्नुहुनेछ ।
गोदावरी नगरपालिका वडा १, गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड प्रारम्भ गर्नुहुनेछ । उहाँ त्यहीँका बासिन्दा हुनुहुन्छ । हनुमान मन्दिर पनि कार्की आफैंले निर्माण गर्नुभएको हो । त्यही हनुमान मन्दिरमा २७ फिट अग्लो पित्तलको गदा निर्माणका लागि सहयोग संकलन गर्न दौडन लागेको कार्कीले जानकारी गराउनुभयो ।
कार्की यसअघि काठमाडौंदेखि दोलखा तीनपटक, काठमाडौं बुटवल एकपटक, काठमाडौंदेखि सिन्धुली तीनपटक र काठमाडौंदेखि उत्तर प्रदेश एकपटक दौडेर पुग्नुभएको थियो ।
त्यस्तै उहाँले काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छिलिङसम्म दौडनुभएको थियो । कार्कीका अनुसार २०६४ सालमा १०१ दिन लगाएर नेपालका तत्कालीन ७५ जिल्ला नै दौडेर पुग्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच