काठमाडौं । यही कात्तिक ३० गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक गरिएको छ । नेपाली र दक्षिण भारतीय कलाकारलाई लिएर निर्माण गरिएको यो चलचित्रको काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, विछोड र कमेडीको समिश्रण छ ।
अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको प्रेम सम्बन्धमा आउने उतार-चढाव नै चलचित्रको कथावस्तु रहेको ट्रेलरले दर्शाउछ । हरिहर रोमान्टिक र एक्सन अवतारमा प्रस्तुत हुनुहुन्छ । कमर्शियल शैलीमा तयार पारिएको ट्रेलरमा मेकिङ क्वालिटी उच्च देखिन्छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री ढुंगानाले आफूले भन्दा पनि चलचित्रले बोल्ने बताउनुभयो । उहाँले दुई-दुई वर्ष लगाएर चलचित्र बनाएको र दर्शकको कृपाले राम्रो हुने बताउनुभयो । अभिनेता अधिकारीले दर्शकको साथ र सहयोगले मात्रै आफूलाई अभिनयमा सन्तुष्टि मिल्ने बताउनुभयो । चलचित्रमा मिहिनेत गरेको र दर्शकले बाँकी कुरा बोल्ने उहाँको भनाइ थियो ।
अभिनेत्री विपना थापाले हरिहरकी आमाको भूमिका निभाउनुभएको छ । साउथ अभिनेता ब्रहृमानन्दम नीताको मामाको भूमिकामा देखिनुभएको छ भने ‘पुष्पा’ भिलेन सुनिल बर्मा नकारात्मक भूमिकामा प्रस्तुत हुनुहुन्छ । साउथका कलाकारहरु अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरू सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा, आदर्श मिश्रलगायतलाई ट्रेलरमा स्थान दिइएको छ ।
चलचित्रको निर्मातमा नीता हुनुहुन्छ । उहाँको यो पहिलो निर्माण चलचित्र हो । भारतमा पनि यो चलचित्र प्रदर्शनको तयारी गरिएको छ ।
चन्द्र पन्तको निर्देशन रहेको यो चलचित्रमा हरिहरको कथा, प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद छ । चलचित्रलाई बलिउड छायांकार कवीरलालले छायांकन गर्नुभएको हो । उहाँले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’जस्ता हिन्दी चलचित्रको छायांकन गर्नुभएको छ । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको ‘ह्रस्व दीर्घ’को कार्यकारी निर्मातामा धनञ्जय गलानी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच