✍️ तोयराज नेपाल
कार्तिकशुल्ल एकादशीलाई हरिबोधिनी अथवा प्रबोधिनी एकादशी भनिन्छ । कार्तिकशुक्ल एकादशीदेखि पूर्णिमासम्मका पाँच दिनलाई भीष्मपञ्चक भनिन्छ । अघि महाभारतका युद्धमा शिखण्डीलाई अगाडि लाएर अर्जुनले हानिएका बाणद्वारा घायल भएर शरशैय्यामा सुतेका बेला भीष्मले पानी मागे । अरू–अरूले सुगन्धित, सुशीतल र स्वादु जल ल्याएर दिए तर भीष्मले मैले यस्तो जल खोजेको होइन, मलाई अर्जुनले दिएको जलले मात्र तृप्ति हुन्छभन्दा अर्जुनले हानेका बाणका वेगले गंगाजी नै ल्याएर गंगाजीका धारा भीष्ममाथि खन्याइदिए ।
भगवान् विष्णुले शंखासुर नामगरेका दैत्यलाई मारेर क्षीरसागरमा आषाढशुक्ल एकादशीदेखि चार महिनासम्म सुत्नुभएको र कार्तिकशुक्ल एकादशीका दिन बिउँझिनुुहुने हुँदा कार्तिकशुक्ल एकादशीका दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । यसदिन निराहार एकादशीको व्रत बसी विष्णुलाई बिउँझाउन प्रबोधोत्सव गर्नुपर्छ ।
त्यसले गर्दा भीष्मलाई पूर्णरूपमा तृप्ति भयो । त्यसैकारण कार्तिक शुक्ल एकादशीदेखि कार्तिकशुक्ल पूर्णिमासम्म पाँचदिन भीष्मपञ्चकको व्रत गरी सम्पूर्ण लोकले भीष्मलाई अघ्र्य दान गर्नुपर्दछ । जसले भीष्मपञ्चकको व्रत गरी भीष्मलाई अघ्र्य दान गर्दछन् ती मनुष्यसँग म सन्तुष्ट हुन्छु । जसले कार्तिक महिनाको व्रत गरेर भीष्मपञ्चकको व्रत गर्दैनन् तिनले गरेका कार्तिका सबै व्रत व्यर्थ हुन्छन् । जसले भीष्मपञ्चकको व्रत गर्दछन् तिनीहरूसँग म सन्तुष्ट भएर तिनीहरूका मनोरथ पूर्ण गर्नेछु भनेर स्वयं भगवान् श्रीकृष्णले भीष्मलाई भन्नुभएको छ । भीष्मलाई अघ्र्य अनिवार्य छ । मन्त्र यसप्रकार छ :
वसूनामवताराय शन्तनोरात्मजाय च ।
अघ्र्यं ददामि भीष्माय हृयाबालब्रहृमचारिणे ।। इति ।
भगवान् विष्णुले शंखासुर नामगरेका दैत्यलाई मारेर क्षीरसागरमा आषाढशुक्ल एकादशीदेखि चार महिनासम्म सुत्नुभएको र कार्तिकशुक्ल एकादशीका दिन बिउँझिनुुहुने हुँदा कार्तिकशुक्ल एकादशीका दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । यसदिन निराहार एकादशीको व्रत बसी विष्णुलाई बिउँझाउन प्रबोधोत्सव गर्नुपर्छ । विष्णुप्रबोधन गर्ने मन्त्र :
उत्तिष्ठोत्तिष्ठ शंखघ्न उत्तिष्ठाम्भोधिचारक ।
कूर्मरूपधरोत्तिष्ठ त्रैलोक्ये मंगलं कुरु ।।
उत्तिष्ठोत्तिष्ठ गोविन्द उत्तिष्ठ गरुडध्वज ।
उत्तिष्ठ कमलाकान्त त्रैलोक्ये मंगलं कुरु ।।
इत्युक्त्वा शंखभेर्यादि प्रातः काले तु वादयेत् ।
वीणावेणुमृदंगादि गीत नृत्यादि कारयेत् ।।
हे ¤ शंखरासुर दैत्यलाई मार्ने समुद्रमा विहार गर्ने, कूर्मको रूप धारण गर्ने, हे ! गोविन्द, हे ! गरुडध्वज, हे ! कमलापति, हे ! कंसासुरलाई विनाश गर्ने, दुष्टदैत्यहरूको विनाश गरी साधुसज्जनको संरक्षण गर्ने हे ! भगवान् हजुर जागा हुनुहोस्, उठ्नुहोस् र तीनैलोकाको मंगल गर्नुहोस् । कल्याण गर्नुहोस् भनेर स्तुति गर्दै शंख, घण्ट, दमाहा, मादल, मुरली, भेरी आदि बाजागाजा बजाएर नाचगानगरी धूमधामसँग उत्सव गर्नुपर्दछ । यसरी प्रबोधोत्सव गरेर तीन दिनअघि कार्तिक शुक्ल नवमीकै दिन तुलीसहितको कृष्णको प्रतिमा बनाएर उत्सवकासाथ तीन दिनसम्म पूजाआराधना गरी एकादशीका दिन सायंकालमा पुनः पूजा गरी कृष्णका साथमा वैवाहिक विधिअनुसार तुलसीको विवाह गरिदिनुपर्दछ ।
प्रबोधोत्सव गरी विष्णुलाई बिउँझाएर ल्याई तुलसीका समीपमा कपडाले छेकेर सुताउनुपर्दछ । त्यसपछिकृष्णको प्रार्थना गर्नुपर्दछ ः आगच्छ भगवन् देव अर्चयिष्यामि केशव । तुभ्यं ददामि तुलसीं सर्वकामप्रदो भव ।। अनादिमध्यनिधन त्रैलोक्यप्रतिपालक । इमां गृहाण तुलसीं विवाह विधिनेश्वर ।। भनेर प्रार्थना गरी कृष्णकासाथमा तुलसीको विवाह गरिदिनुपर्दछ । अनि रात्रिमा भजन कीर्तन नाचगान गरी जाग्राम बस्नुपर्दछ । भोलिपल्ल्ट द्वादशीका दिन तुलसी र नारायणलाई आहुति गरी ब्राहृमणहरूलई दानदक्षिणा गरेर चतुर्मासमा लिएका नियमहरू ब्राहृमणका अगाडि भनेर अब मैले चतुर्मासमा लिएका नियमहरू आजदेखि त्याग गर्दछु आज्ञा दिनुहोस् भनी ब्रहृमणबाट आज्ञा लिनुपर्दछ ।
सो आज्ञा लिई ब्राहृमण भोजन गराई अहृ बन्धुबान्धव र इष्टमित्रलाई समेत भोजन गराएर आफूले पनि ब्राहृमणको आज्ञा लिई व्रतपारणा गर्नुपर्दछ अर्थात् भोजन गर्नुपर्दछ । यसरी जसले कार्तिकशुक्ल एकादशीको व्रत गर्दछन् भने तिनका सम्पूर्ण पाप नाश भई यसलोकमा सुख ऐश्वर्यको भोग गरी परलोकमा मोक्षसमेत प्राप्त हुन्छ । यो एकादशी सबै एकादशीभन्दा ठूलो भएको हुँदा यसलाई लोकमा ठूलीएकादशी भन्ने परम्परा छ । सबै एकादशीको व्रत गर्न नसक्नेले पनि यस एकादशीको विधिपूर्वक व्रत गरेमा सबै एकादशीको व्रत गर्दाको फल प्राप्ति हुन्छ । त्यसैले हामी पनि हरिबोधनी एकादशको व्रत बसी अक्षøय पुण्यलाभ गरौं, कल्याण हुन्छ । (यो प्रसंग स्कन्दपुराणमा उल्लेख छ ।) ॐ हरये नमः ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच