काठमाडौं । नेपाल एसबिआई बैंक र एइसी ग्लोबल नेपाल प्रालि(एइसिसी)बीच विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलक्षित शैक्षिक कर्जा सहजरूपमा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्र बैंकतर्फबाट प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र एइसिसीतर्फबाट निर्देशक अजित सिंहबीच आदानप्रदान भएको थियो ।
सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने बताइएको छ । सो अवसरमा बैंक तथा एइसिसीका अन्य पदाधिकारीसमेतको उपस्थिति थियो ।
हाल बैंकले एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ एटिएम र एक कर्पोरेट कार्यालयमार्फत् सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच