सुनको मूल्य तोलामा २ हजार दुई सयले घट्यो, कतिमा हुँदैछ काराेबार ?

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६० हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय पाँच निर्धारण भएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?