माधवलाल श्रेष्ठ साहित्यकार तथा समाजसेवी हुनुहुन्छ । २०२२ साल पुस १५ गते काभ्रेपलाञ्चोक जिल्लाको नालामा उहाँको जन्म भएको हो । काभ्रे राजधानी काठमाडौँबाट नजिकैको जिल्ला हो । काठमाडौँ हाल घना बस्तीमा परिणत भइसकोको छ र त्यसको विस्तार हुने क्रममा छिमेकी जिल्लाहरू पनि भरिन थालेका छन् । त्यसो हुँनाले माधवलाल जन्मिएर हुर्किनु भएको ठाउँ नालातर्फ पनि बाहिरियाहरूको नजर लाग्न थालेको छ । माधवलाल श्रेष्ठ जमिन्दाताका नाला एउटा हरियालीले भरिपूर्ण उब्जाउशील जमिन भएको शान्त ठाउँ थियो । नाला पहिले उग्रचण्डी गाउँपालिका वडा नं.३ थियो ।
नाला हाल बनेपा नगरपालिका वडा नं.४ मा पर्छ । पहाडको काखमा रहेको नाला आलु, तरकारी तथा धान र गहुँको उत्पादनका लागि प्रख्यात थियो । हालसम्म पनि यो परम्परा नालाले धानिरहेको छ । माधवलाल श्रेष्ठको जन्म यही रमणीय स्थानमा भएको हो । उहाँ भक्तलाल श्रेष्ठ तथा विष्णुमाया श्रेष्ठका सुपुत्र हुनुहुन्छ । उहाँका एकजना भाइ हुनुहुन्छ शिवलाल श्रेष्ठ । शिवलाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं.१० स्थित कपन नीलोपुलमा बस्दै आउनुभएको छ । उहाँ व्यवसायी हुनुहुन्छ । माधवलालका दुईजना दिदीहरू हुनुहुन्छ मैयाँ श्रेष्ठ र चन्द्रमाया श्रेष्ठ अनि बहिनीहरू पनि दुईजनै हुनुहुन्छ भवानी श्रेष्ठ र निभा श्रेष्ठ (प्रधान) ।
पछिल्ला दिनहरूमा शिक्षण सँगसँगै व्यवसाय पनि सञ्चालन गर्नुभयो । आफ्नै मिहिनेतबाट प्रगतिपथमा लम्किनुभएका श्रेष्ठले नेपालका गाउँघरमा जन्मिएर हुर्केका अरू बालकहरूकै जसरी गाउँमै बसेर अनेकौं प्रकारका शारीरिक तथा मानसिक परिश्रम गर्नुभएको छ ।
माधवलाल श्रेष्ठले सुरुका दिनहरूमा पितामाताकै कृषिकर्मलाई सघाउ पुर्याउनुभयो । त्यसपछि उहाँले शिक्षण गर्नुभयो र पछिल्ला दिनहरूमा शिक्षण सँगसँगै व्यवसाय पनि सञ्चालन गर्नुभयो । आफ्नै मिहिनेतबाट प्रगतिपथमा लम्किनुभएका श्रेष्ठले नेपालका गाउँघरमा जन्मिएर हुर्केका अरू बालकहरूकै जसरी गाउँमै बसेर अनेकौं प्रकारका शारीरिक तथा मानसिक परिश्रम गर्नुभएको छ ।
माधवलाल श्रेष्ठको २०४२ सालमा काठमाडौँ महानगरपालिका वडा नं. १६ पकनाजोलका रामप्रसाद श्रेष्ठ तथा चन्द्रमाया श्रेष्ठकी छोरी गीता श्रेष्ठसँग विवाह भयो । व्यापारी परिवारकी गीता श्रेष्ठका एकजना दाजु मङ्गलदास श्रेष्ठ तथा एकजना भाइ राजेन्द्र श्रेष्ठ हुनुहुन्छ । उहाँहरूका दुईजना छोरी रोशनी र रोजी श्रेष्ठ तथा एक छोरा आदित्य श्रेष्ठ हुनुहुन्छ । धार्मिक तथा पर्यटकीय यात्रामा विशेष रुचि राख्ने माधवलाल श्रेष्ठले यस्तै प्रसङ्गमा नेपालका ५० वटा जति जिल्लाको भ्रमण गर्नुभएको छ भने मलेशिया, सिंगापुर, भारत, बंगलादेश, चीन, उत्तरकोरिया, अष्टे«लिया र इण्डिोनेसियालगायत देशहरूको भ्रमण गर्नुभएको छ ।
उहाँले आफ्नै गाउँ नालाको श्रृष्टिकान्त प्राथमिक पाठशालाबाट प्राथमिक तहको पढाइ पूरा गर्नुभयो । त्यहाँ तीन कक्षासम्म पढ्नुभयो । त्यसबेला प्राथमिक तह भनेको तीन कक्षसम्मको हुन्थ्यो । त्यसपछि उहाँले चण्डेश्वरी माध्यमिक विद्यालय नालाबाट चार कक्षादेखि १० कक्षासम्मको पढाइ पूरा गर्नुभयो । यस विद्यालयबाटै उहाँले एसएलसी पूरा गर्नुभयो । त्यस समयमा त्यति पढेका मानिसको समाजमा निकै ठूलो इज्जत हुन्थ्यो । उहाँले पनि आफ्नो समाजबाट त्यस प्रकारको सम्मान पाउनुभयो नै । त्यसपछि उहाँ उच्च शिक्षाको अध्ययनका लागि काठमाडौँ उपत्यका भित्रिनुभयो ।
उहाँको गाउँबाट उत्तरपश्चिमतर्फ देखिने राजधानी उपत्यका सबैका लागि सपनाको सहर बन्नेगथ्र्यो । त्यो अवस्थाको विद्यमानता अझैसम्म पनि छँदैछ । त्यसैले उहाँ उच्चशिक्षाका लागि यहाँ आएर पाटन संयुक्त क्याम्पसमा पढ्न थाल्नुभयो । कहिले पाटन संयुक्त क्याम्पस त कहिले बनेपा क्याम्पस काभ्रे गर्दै उहाँले प्रमाणपत्र तह (आईए) पूरा गर्नुभयो । उहाँले मानविकी सङ्कायबाट अध्ययनलाई अगाडि बढाउनुभएको थियो । अन्ततः भक्तपुर बहुमुखी क्याम्पसबाट उहाँले स्नातक (बिए) पूरा गर्नुभयो । उहाँले आफैँले पढेको श्रृष्टिकान्त प्राविबाट शिक्षणको थालनी गर्नुभयो । सुरुमा उहाँले स्वयम्सेवककै रूपमा शिक्षण गर्नुभयो ।
उहाँको गाउँ नाला आलु राम्ररी फल्ने ठाउँ हो । यसका लागि एनपिडिपी नामको संस्थाले ‘नेपाल आलु विकास योजना’ सञ्चालन गर्यो । बिउ उसैले दिन्थ्यो । आलु रोपेदेखि खन्दासम्म उसैको रेखदेख रहन्थ्यो । उत्पादन भएका सबै आलु उसैले किनिदिन्थ्यो । माधवलाल श्रेष्ठले पनि विद्यालय समयबाहेक सम्पूर्ण समय यस्तै खेती किसानीमै दिनुभयो ।
त्यसपछि विस्तारै उहाँलाई आधा तलब प्राप्त हुन थाल्यो र उहाँले २०४७ सालमा प्राथमिक तहको शिक्षक स्थायी गर्नुभयो । त्यसपछि उहाँले आफ्नै घरकरेसाको विद्यालयमा पढाउन पाउनु भएन र नमोबुद्ध प्रावि भालुखर्क दाप्चामा गएर पढाउनुपर्ने भयो । त्यो ठाउँ उहाँको घर नालाबाट निकै टाढा पथ्र्यो । आइतबार बिहान गएर एक हप्ता उतै डेरा गरेर बसी उहाँ शुक्रबार घर आउनुहुन्थ्यो । त्यहाँ केही समय बसेपछि बेजिल्लाको शिक्षिकहरूसँग दरबन्दी सट्टापट्टा गरी आफ्नै गाउँ नालामा आउनुभयो ।
त्यसपछिका दिनहरूमा भने उहाँलाई घरपायकको जागिर सहज बन्नपुग्यो । उहाँले श्रृष्टिकान्त प्राविमा २०५४ सालसम्म पढाउनुभयो । त्यसपछि भने उहाँले बिस्तारै काठमाडौँ उपत्यकातर्फ पाइला अघि बढाउनुभयो । सुरुमा सरस्वती मावि टोखामा २०६० सालसम्म पढाउनुभयो । त्यसपछि धापासी निमाविमा एक वर्ष पढाउनुभयो । त्यसपछि भने नौलिन मावि चुनिखेलमा २०६७ सालसम्म पढाएर राजीनामा दिई स्वेच्छिक अवकाश लिनुभयो । उहाँ अङ्ग्रेजी, नेपाली, नेवारी, भोजपुरी र मैथिली भाषाको जानकारी राख्नुहुन्छ ।
उहाँ निम्नमध्यम पारिवारिक अवस्थाबाट माथि उठेको व्यक्ति हुँ भन्नुहुन्छ । आफ्नो खेती किसानीबाट परिवारको जीवनयापन गर्दै आएको परिवार हो उहाँको परिवार । उहाँ सानैदेखि समाजसेवी काम गर्दै आउनुभएको छ । सुरुमा उहाँको गाउँको श्रृष्टिकान्त प्रावि कक्षा ३ सम्ममात्रै थियो । त्यही विद्यालयमा स्वयमसेवी शिक्षकका रूपमा काम गरेर उहाँले स्वयमसेवाको थालनी गर्नुभएको थियो । पछि उक्त विद्यालयलाई कक्षा सातसम्म बनाउन पनि उहाँको सहयोगी भूमिका रहृयो । उहाँले शिक्षण र व्यापारलाई सँगसँगै अगाडि बढाउँदै लानुभयो । विवाहपछि उहाँमा कमाउनुपर्छ भन्ने भावना विकास भयो, आफूमात्र नभएर विवाहपछि श्रीमतीका लागि समेत आफैं जिम्मेवार बन्नुपर्छ भन्ने बोध उहाँलाई हुनथाल्यो ।
उहाँको गाउँ नाला आलु राम्ररी फल्ने ठाउँ हो । यसका लागि एनपिडिपी नामको संस्थाले ‘नेपाल आलु विकास योजना’ सञ्चालन ग¥यो । बिउ उसैले दिन्थ्यो । आलु रोपेदेखि खन्दासम्म उसैको रेखदेख रहन्थ्यो । यसरी उत्पादन भएका सबै आलु उसैले किनिदिन्थ्यो । माधवलाल श्रेष्ठले पनि विद्यालय समयबाहेक सम्पूर्ण समय यस्तै खेतीकिसानीमै दिनुभयो । आलुखेतीका लागि भक्तपुरबाट कुखुराको सुलीमल लगेर लगाउनु पथ्र्यो । अन्तिममा मेहनत गरे अनुसारकै परिणाम प्राप्त हुन्थ्यो । आलु खोलाका बगरका ढुङ्गा समान लडनबडन फल्थे । उहाँले पनि यसरी आलुको खेती गरेर पैसा कमाउनुभयो । त्यसबाट मनसुली चामलकिनेर खाने गरिन्थ्यो । त्यसको पनि कारण रहेछ ।
त्यहाँको स्थानीय उत्पादन प्रायः चाइचिन धानको चामल महँगोमा बेचेर मनसुली किन्दा सस्तो पर्ने भएकाले उहाँ त्यसो गरिएको हो भन्नुहुन्छ । आलुका बियाँबाट पनि बिउ उत्पादन गर्ने गरिन्थ्यो । उहाँ बिउ बिक्री गरेर पनि पैसा कमाइन्थ्यो भन्नुहुन्छ । नालामा पानीको कमी थियो । पानी लगाउन राती खेतमै सुत्नुपथ्र्यो । उहाँले पनि यस्ता अनेक काम गर्नुभएको छ । खेतमै पराल ओढेर सुत्दा बिहान तुसारोले ओढे ओछ्याएको पराल सेतै हुन्थ्यो र कहलेकाहीँ आँखिभौँ पनि सेतै हुने गर्थे । यसो गरेर पनि पानी नलगाउने हो भने उत्पादन कम हन्थ्यो । त्यस कारण यस्तो परिश्रम गर्नैपथ्यो । पछि पछि कोल्डस्टोरलगायत उहाँले आलु खेतीलाई निरन्तरता दिन सक्नुभएन । नालाका अधिकांश किसानहरूको अवस्था यस्तै थियो ।
उहाँले जीवनमा जोखिम लिन नसक्नेले खेल जित्न सक्दैन भने झैँ केही जोखिमका कामहरू पनि गर्नुभयो र जोखिम लिए झँै प्रतिफल पनि पाउनुभयो । उहाँ हृष्टपुष्ट र मोटोघाटो हुनुहुन्थ्यो त्यसकारण खन्ने, मल बोक्ने तथा परालका भारीहरू बेक्ने काम पनि उहाँले गर्नुभयो । त्यसबेलाको परिश्रम र खानपानका कारण अहिलेसम्म पनि माधवलाल श्रेष्ठ त्यत्तिकै हृष्टपुष्ट हुनुहुन्छ । मानिस शारीरिक रूपमा सबल भएमात्र मानसिक रूपमा पनि सबल हुन्छ । उहाँमा पनि यो कुरा लागू हुन्छ ।
जोखिन नलिई खेल जित्न सकिँदैन भन्ने भनाइ छ । उहाँले पनि यस्ता जोखिम उठाउनुभयो । नालाको तीन रोपनी जग्गा बेचेर उहाँले त्यसबेला धेरै चलेको ढुकुटी खेल्ने काम गर्नुभयो । त्यसबाट पाएको पैसाले घर बनाउनुभयो । होटल व्यवसाय गर्नुभयो, होटल छोडेपछि कपडा पसल गर्नुभयो र पछि सिलाइकटाइको व्यवसायमा लाग्नुभयो । उहाँकी श्रीमती गीताले तालिम लिएर पहिले सानो लगानीमा यस्तो कामको थालनी गर्नुभयो । कपडा व्यवसायी तथा सिलाइ संघ गठन भयो । श्रेष्ठ यस संघको सदस्य हुनुभयो । माधवलाल आफैँले टेलरिङको तालिम लिएर सर्टिङसुटिङको व्यवासय सञ्चालन गर्नुभयो ।
उहाँले महाँकाल ओरालोमा रुबि टेलरिङ सञ्चालन गर्नुभयो । यसबाट उहाँको आर्थिक उन्नति पनि भयो । यही संघका माध्यमबाट उहाँले देश विदेश घुम्ने अवसरसमेत पाउनुभयो । उहाँ यसको आधार होटलव्यवसाय नै हो भन्नुहुन्छ । माधवलाल श्रेष्ठ शान्तिनगर उपभोक्त समिति महाकालको संस्थापक सचिव हुनुहुन्छ । सबैको प्रयासबाट यस संस्थाको आफ्नै भवन पनि बनेको छ । उहाँले पछि यस समितिको कार्यबहाक अध्यक्ष भएर सेवा गर्नुभयो ।
उहाँले पढाउँदाताका विद्यार्थीहरू अनुशासित थिए । शिक्षकहरू राजनीतिमा लागेका थिएनन् । उहाँहरूमा जिम्मेवारी थियो । शिक्षकहरूका लागि तालिमको व्यवस्था हुन्थ्यो । शिक्षकहरूको ग्रेडिङ गरिएको थियो, निजी शिक्षाको विस्तार भएको थिएन । त्यसबेला नैतिक शिक्षा पढाइ हुन्थ्यो । शिक्षामा व्यावसायिकता थिएन । हाल शिक्षाले व्यावसायिकताको बाटो लिइरहेको छ तर यति भएर पनि तत्कालीन शिक्षामा प्रयोगात्मकताको भने कमी थियो ।
हाल शिक्षक सेवा आयोग स्थापना भएको छ र यहाँबाट स्तरीय शिक्षकहरू छनौट भएका छन् । त्यो राम्रो पक्ष हो । शिक्षक सेवा आयोगले वर्षमा दुईपटक आयोग खुलाएर दक्ष शिक्षकहरू छनोट गर्नु आवश्यक छ भन्ने उहाँलाई लाग्छ । यसका लागि राजनीति पूर्णरूपमा निरुत्साहित हुनुपर्छ राजनीति यसका पनि हावी हुनपुग्यो भने योग्य शिक्षक छनौट नहुन सक्छन् भन्ने उहाँलाई लाग्छ । हालका दिनसम्म पनि शिक्षकहरूले कतै न कतै जोडिनुपर्ने बाध्यता छ नत्र कुनै पार्टीको समर्थनमा नलाग्ने हो भने टिक्न मुस्किल छ । यस्तो अवस्थाका बारेमा राजनीतिज्ञहरूले सोच्नुपर्ने हो भन्ने उहाँलाई लाग्छ ।
विभिन्न ठाउँको पर्टटकीय तथा तीर्थयात्रामा रुचि राख्ने श्रेष्ठले केही वर्ष पहिलेदेखि शिक्षण सेवाबाट स्वेच्छिक अवकाश लिएर र आपूmले सञ्चालन गर्दै आएको व्यवसाय पनि आफ्ना भाञ्जालाई जिम्मा लगाएर स्वतन्त्र जीवन बिताउँदै आउनुभएको छ । यसो गर्दा समाजसेवाका लागि उहाँलाई बढी नै समय मिलेको छ । अबका उहाँका योजना पनि यस्तै छन् । माधवलाल श्रेष्ठ समाजसेवा र साहित्यलाई नै समय दिने सोच बनाइरहनु भएको छ ।
रक्तदान कार्यमा समेत केन्द्रित रहँदै आउनुभएको छ । उहाँ आफैँले पनि ६९ पटक रक्तदान गरिसक्नुभएको छ । परोपकारी दयावीरसिंह कंसकारका समयदेखि नेपालमा थालनी भएको रक्तदानको परम्परालाई निरन्तरता दिनेहरू अहिलेसम्म आइपुग्दा हजारौं भइसकेका छन् । ‘रक्तदान जीवनदान’ भन्ने अभियानमा लाग्नेहरूको यही पंक्तिमा माधवलाल पनि एउटा खम्बाका रूपमा संलग्न हुँदै आइरहनुभएको छ । उहाँ पनि धेरै पटक रक्तदान गर्नेहरूको अग्रस्थानमा हुनुहुन्छ ।
गाउँमा किशोर वयमा भारा, पर्म, खेतालालगायत कृषिकर्मदेखि भारी बोकेको अनुभवसमेत सँगाल्नु भएका माधवलाल श्रेष्ठ हाल साहित्यकारहरूको भेटघाट कार्यक्रमको व्यवस्थापनको व्यवभार व्यहोर्नसमेत अग्रसर बन्ने गर्नुहुन्छ । साहित्यमा उहाँ पछिल्लो समयमा बढी लेखिने कविताका लघुत्तम विधा मुक्तक, हाइकु, सुसेलीहरूको रचनामा बढी रमाउँदै आइरहनु भएको छ । उहाँको एउटा मुक्तक सङ्ग्रह छ ‘नालाङ’ जुन २०७८ सालमा प्रकाशित भएको हो । आफ्नो जनमस्थान नालाको सम्झना गरी नेवारीमा नालालाई भनिने शब्द ‘नालाङ’ शीर्षक राखेर उहाँले आफ्नो मुक्तकसङ्ग्रह प्रकाशित गर्नुभएको हो । यसबाट उहाँको आफ्नो जन्मभूमिप्रतिको अगाध माया र सम्झना प्रकट भएको थाहा हुन्छ । उहाँ राजनीतिप्रति त्यति आकर्षित हुनुहुन्न । त्यसैले उहाँको राजनीतिमा लाग्ने सोच छैन । स्वतन्त्र नगरिक भएर बाँच्ने इच्छा छ । उहाँ त्यसै गरिरहनु भएको पनि छ ।
शिक्षा उहाँको क्षेत्र हो । त्यसैले यस बारेमा उहाँको प्रतिक्रिया आउनु स्वाभाविक हुन्छ । उहाँ प्राविधिक शिक्षामा जोड दिनुपर्छ भन्नुहुन्छ । माध्यमिक तहको सुरुदेखि नै प्राविधिक शिक्षा दिने हो भने विद्यालय तहको पढाइ पूरा गरिसकेपछि विभिन्न प्राविधिक क्षेत्रमा लागेर उनीहरूले जीविका गर्न सक्नेभएको हुँदा जनजीविकासँग शिक्षालाई जोड्न सक्नुपर्छ भन्ने उहाँलाई लाग्छ । यसो हुन नसकेर नै विद्यार्थीहरूले विदेश जानुपरेको हो भन्ने उहाँको धारणा छ ।
देश विकासका लागि राजनीति पनि आवश्यक छ । राजनीति भनेको नीतिमध्ये सबैभन्दा ठूलो नीति हो । यसले अन्य कुरालाई मार्गदर्शन गर्न सक्नुपर्छ तर नेपालमा त्यसो हुन सकिरहेको छैन । यसो भन्दैमा राजनीति पूर्णरूपमा गलत र असफल छ भन्ने पनि होइन । यसका राम्रा पक्षलाई ग्रहण गर्न र नराम्रा कुराहरू त्याग्न सक्नुपर्छ । शिक्षामा पनि त्यही नै हो । त्यसैले राजनीति र शिक्षाका राम्रा विशेषतालाई समेटेर लान सक्नुपर्छ शिक्षामा पनि सैद्धान्तिक शिक्षातर्फ मात्र ध्यान दिने हो भने प्राविधिक शिक्षा पछि पर्छ । वर्तमान सन्दर्भमा प्रविधिक शिक्षा अपरिहार्य छ भन्ने उहाँलाई लाग्छ ।
हाम्रा कतिपय भाषा लोप भइसके । अङ्ग्रेजीको प्रभावका कारण नेपाली भाषासमेत अप्ठ्यारोमा पर्दै गएको छ । हामी हाम्र भाषा, संस्कार, संस्कृति, भेषभूषा, रहनसहनलगायत मौलिकताहरूको संरक्षणतर्फ लाग्नुपर्छ । आफ्नै संस्कारतर्फ आकर्षित बन्नुपर्छ । यसमा युवापुस्ताको सक्रिय संलग्नता आवश्यक छ भन्ने उहाँलाई लाग्छ ।
मानसम्मान पुरस्कारहरू प्रतिको धारणा पनि उहाँको स्पष्ट छ । अहिले यस्ता मानसम्मान र पुरस्कारहरूको मर्यादामा कमी आउन थालेको सन्दर्भमा उहाँको प्रतिक्रिया हो यो तर उहाँ त्यतातिर चासो राख्नुहुन्न र स्पष्ट रूपमा आफ्नो विचार व्यक्त गर्नुहुन्छ । सहज रूपमा जे जति पाइन्छन् तिनलाई ग्रहण गर्दै जानु उचित हो तर यसका पछि लागेर हिँड्ने गर्नु चाहिँ उचित होइन भन्ने उहाँलाई लाग्छ र उहाँ सबैलाई यही सुझाब दिन चाहनुहुन्छ ।
गाउँमा बसेर खेतीपाती गर्दा र गाउँकै विद्यालयमा रहेर अध्यापन गर्दाको अवस्थादेखि राजधानी शहरमा बसेर शिक्षण र व्यावसाय गर्नुभएका तथा राजधानीकै बासिन्दा बन्न पुग्नुभएका श्रेष्ठलाई आफू हाल आइपुगेको स्थानबाट पछाडि फर्केर हेर्दा आफू निकैअगाडि आएको जस्तो लाग्छ । ‘म नसोचेको ठाउँमा आइपुगेजस्तो लाग्छ । कुटोकोदालो गरेको र भारी बोकेको मान्छे म हाल यहाँसम्म आइपुगेको छु, यसलाई म मेरो सफलता मान्छु’ उहाँ भन्नुहुन्छ ।
उहाँ आफ्नो जीवनको उत्तरार्धको प्रारम्भसम्म आइपुग्नुभएको छ, यहाँसम्म आइपुग्दा उहाँले गरेका कुनै त्यस्ता काम छैनन् जसमा पछुतो मान्नुपरोस् । त्यस्ता कुनै काम मबाट भएका छैनन् उहाँ भन्नुहुन्छ । मैले आफ्नो परिवार र नाताका सबैलाई अगाडि बढाएँ, अगाडि बढ्न प्रोत्साहन गरेँ । उनीहरूलाई उन्नतिको मार्गमा लगाएँ । सबै आआफ्नो पेशा व्यवायमा सफल पनि भएका छन् । तर, आपूmले धेरै पढ्न सकिँन भन्ने चाहिँ लाग्छ । पढ्न सकेको भए म अझै माथि पुग्थेँ । डिग्री गर्न सकेको भए हुन्थ्यो ।
सुरुमा पढ्नुपर्छ भनेर बाटो देखाउने अभिभावक भएनन् । पछि व्यवहारले थिचिँदा पढ्ने समय पाइँन । यस्ता केही कुराहरूमा भने जीवनमा कमी भएको जस्तो लाग्छ । अहिलेका विद्यार्थी तथा साहित्य क्षेत्रमा लागेका व्यक्तिहरूमा समेत सिर्जनशीलताको कमी छ । उहाँ पढाइमा त स्नातकसम्म पनि त्यस्तै छ भन्नुहुन्छ । वर्तमान समयमा हाम्रा आफ्ना मौलिकताहरू समाप्त हुँदैछन् ।
शिक्षा र सञ्चारका कारण हामी अरूको अनुकरण गर्नतिर अग्रसर बनिरहेका छौँ । जसले गर्दा हाम्रा शिक्षा, संस्कार, संस्कृति, रहनसहन, भेषभूषा, खानपान सबै कुरामा पश्चिमीकरण भइरहेको छ । हाम्रा कतिपय भाषा लोप भइसके । अङ्ग्रेजीको प्रभावका कारण नेपाली भाषासमेत अप्ठ्यारोमा पर्दै गएको छ । हामी हाम्र भाषा, संस्कार, संस्कृति, भेषभूषा, रहनसहनलगायतका मौलिकताहरूको संरक्षणतर्फ लाग्नुपर्छ । आफ्नै संस्कारतर्फ आकर्षित बन्नुपर्छ । यसमा युवापुस्ताको सक्रिय संलग्नता आवश्यक छ भन्ने उहाँलाई लाग्छ ।
वर्तमान समयमा व्यापक रूपमा प्रयोग गरिने सामाजिक सञ्जालका सन्बन्धमा उहाँको धारणा नकारात्मक छैन । उहाँ यीमध्ये धेरै चाहिँ स्तरीय छैनन् तर यसो भन्दैमा सबै नराम्रा छन् भन्ने होइन भन्नुहुन्छ । यसलाई फेसनका रूपमा मात्र प्रयोग गर्नु चाहिँ उचित होइन, यसको सही रूपमा प्रयोग गर्न सके राम्रै हुन्छ भन्ने उहाँलाई लाग्छ । साहित्यकार तथा समाजसेवी माधवलाल श्रेष्ठको उत्तरोत्तर प्रगति तथा स्वस्थ दीर्घजीवनका लागि उहाँलाई शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच