काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेल मंसिर १५ गते त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे हुनेछ ।
मंसिर १६ गते कुनै खेल हुनेछैन । मंसिर १६ गते उपनिर्वाचन रहेका कारण कुनै खेल नराखिएको क्यानले जनाएको छ । तर, मंसिर १७ देखि भने दिनमा दुई खेल हुनेछन् । पहिलो खेल बिहान ९ः१५ तथा दोस्रो खेल दिउँसो १ः१५ मा हुनेछ । लिग चरणका खेल पुस १ गतेसम्म हुनेछन् । लिगको शीर्ष दुई टोलीले पहिलो क्वालिफायर तथा तेस्रो र चौथो स्थानका टोलीले एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । एलिमिनेटर पुस ३ गते बिहान ९ः१५ र पहिलो क्वालिफायर दिउँसो १ः१५ मा सुरु हुनेछ । पहिलो क्वालिफायरमा लिगको शीर्ष स्थानमा रहेको टोली तथा दोस्रो स्थानको टोलीबीचमा प्रतिस्पर्धा हुन्छ । यस खेलमा विजेता टोलीले फाइनलमा स्थान बनाउँदा पराजित टोलीले फाइनल प्रवेशको फेरि मौका पाउनेछ । इलिमिनेटर खेल लिगमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच हुन्छ । पराजित टोली प्रतियोगिताबाट बाहिरिँदा विजयी टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ ।
पुस ४ मा दोस्रो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटर खेलमा विजयी टोलीबीच फाइनल प्रवेशका लागि खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र दोस्रो क्वालिफायरको विजेताबीच पुस ६ गते पहिलो संस्करणको उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुस ६ गते मध्याहृन १२ः१५ मा हुनेछ ।
विराटनगर किङ्स-
मंसिर १५- जनकपुर बोल्ट्सविरुद्ध, समय : मध्याहृन १२ः१५ बजे
मंसिर १८- सुदूरपश्चिम रोयल्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर १९- लुम्बिनी लायन्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २२- कर्णाली याक्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २६- पोखरा एभेन्जर्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २७- चितवन राइनोजविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २९- काठमाडौं गुर्खाजविरुद्ध, समय : बिहान ९ः१५ बजे
जनकपुर बोल्ट्स-
मंसिर १५- विराटनगर किङ्सविरुद्ध, समय : मध्याहृन १२ः१५ बजे
मंसिर १६- कर्णाली याक्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २०- पोखरा एभेन्जर्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २३- लुम्बिनी लायन्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २५- सुदूरपश्चिम रोयल्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २६- काठमाडौं गुर्खाजविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २८- चितवन राइनोजविरुद्ध, समय : दिउँसो १ः१५ बजे
काठमाडौं गुर्खाज-
मंसिर १७- चितवन राइनोजविरुद्ध, समय : बिहान ९ बजे
मंसिर १९- कर्णाली याक्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २०- सुदूरपश्चिम रोयल्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २५- लुम्बिनी लायन्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २६- जनकपुर बोल्ट्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २८- पोखरा एभेन्जर्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २९- विराटनगर किङ्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
चितवन राइनोज-
मंसिर १७- काठमाडौं गुर्खाजविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर १८- पोखरा एभेन्जर्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २१- कर्णाली याक्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २३- सुदूरपश्चिम रोयल्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २४- लुम्बिनी लायन्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २७- विराटनगर किङ्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २८- जनकपुर बोल्ट्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
कर्णाली याक्स-
मंसिर १७- जनकपुर बोल्ट्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर १९- काठमाडौं गुर्खाजविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २१- चितवन राइनोजविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २२- विराटनगर किङ्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २४- पोखरा एभेन्जर्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २७- लुम्बिनी लायन्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर ३०- सुदूरपश्चिम रोयल्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
सुदूरपश्चिम रोयल्स-
मंसिर १८- विराटनगर किङ्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २०- काठमाडौं गुर्खाजविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २२- लुम्बिनी लायन्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २३- चितवन राइनोजविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २५- जनकपुर बोल्ट्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २९- पोखरा एभेन्जर्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर ३०- कर्णाली याक्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
पोखरा एभेन्जर्स-
मंसिर १८- चितवन राइनोजविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २०- जनकपुर बोल्ट्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २१- लुम्बिनी लायन्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २४- कर्णाली याक्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २६- विराटनगर किङ्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २८- काठमाडौं गुर्खाजविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २९- सुदूरपश्चिम रोयल्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
लुम्बिनी लायन्स-
मंसिर १९- विराटनगर किङ्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २१- पोखरा एभेन्जर्सविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २२- सुदूरपश्चिम रोयल्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २३- जनकपुर बोल्ट्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २४- चितवन राइनोजविरुद्ध, समय : बिहान ९ः१५ बजे
मंसिर २५- काठमाडौं गुर्खाजविरुद्ध, समय : दिउँसो १ः१५ बजे
मंसिर २७- कर्णाली याक्सविरुद्ध, समय : बिहान ९ः१५ बजे
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच