
काठमाडौं । लघुचलचित्र ‘दाग’ सार्वजनिक भएको छ । डेलिभरी ब्वायको कथामा रहेको यो लघुचलचित्र जेनिश इन्टरटेन्टमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
हेमा फिल्मस्को प्रस्तुति रहेको यो लघु चलचित्रमा एउटा डेलिभरी ब्वायको संघर्ष र उसको जीवनमा एक्कासि आइपर्ने घटनाले डेलिभरी पुर्याउने सिधा केटो कसरी भ्वाइलेन्स हुनपुग्छ भन्ने कुरालाई समसामयिक विषयसँग जोडेर देखाउन खोजिएको छ ।
चलचित्रमा रवि डंगोल (का बेइमान), सुनिता श्रेष्ठ, योगिता दहाल, प्रवेश श्रेष्ठ, जनक रावल, सुस्मा केसी, सुरेश देसारलगायत कलाकारको अभिनय छ । मिथलेश श्रेष्ठको सिनेम्याटोग्राफर र दृश्य सम्पादन रहेको यो चलचित्रको प्रोडक्सन कन्ट्रोलर हीरामणि ढकाल हुनुहुन्छ । सुरेश बज्राचार्य र अन्श आभासले लगानी गरेको यो लघु चलचित्रमा कथा, पटकथा र निर्देशन सुरज लामिछानेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच