काठमाडौं । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा काठमाडौं आएको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी र प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई भेटी उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएका समसामयिक समस्या समाधानका लागि पहलको आग्रह गरेको छ ।
अध्यक्ष सुरानाले अर्थमन्त्री पौडेलसँग बजारमा लामो समयदेखि छाएको सुस्तताले उद्योग व्यवसाय क्षेत्र प्रभावित हुँदै गएको र यस्तो क्रम अझ लम्बिए उद्योग व्यवसायमा दूरगामी प्रभाव पर्नेतर्फ ध्यानाकर्षण गराउँदै उद्योग क्षेत्रमा देखिएका समस्या समाधानका लागि आग्रह गर्नुभयो ।
नेपाली वस्तुले ब्युरो अफ इण्डियन स्ट्याण्डर्ड प्रमाणपत्र लिएर मात्र भारत निर्यात गर्न पाउने भारतीय नीतिले नेपालका प्लाइउड, जुत्ता, स्यानेटरी प्याड, सिमेन्ट उद्योगलाई समस्यामा पारेको भन्दै समस्या समाधानका लागि उद्योगीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीसँगको छलफलमा नेपाली वस्तुले ब्युरो अफ इण्डियन स्ट्याण्डर्ड प्रमाणपत्र लिएर मात्र भारत निर्यात गर्न पाउने भारतीय नीतिले नेपालका प्लाइउड, जुत्ता, स्यानेटरी प्याड, सिमेन्ट उद्योगलाई समस्यामा पारेको भन्दै समस्या समाधानमा जोड दिएको छ । प्रतिनिधिमण्डलले भारतले लागू गरेको सो नीति नेपाली उद्योगका लागि अवसर भए पनि तत्कालका लागि भारत निर्यातमा परेको प्रभाव मध्यनजर गरी नेपाली वस्तुलाई ब्युरो अफ इण्डियन स्ट्याण्डर्डको प्रमाणपत्र लिने प्रक्रियामा कूटनीतिक माध्यमबाट सहजीकरणका लागि उद्योग मन्त्रीको ध्यानाकर्षण गराएको हो ।
त्यसैगरी २०८० जेठ १० गते विराटनगरको आइसिपीसम्म आएको कार्गो रेल हालसम्म शुल्कका कारण सञ्चालनमा आउन नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै कार्गो रेल सञ्चालनका लागि शुल्क परिमार्जन गर्न सम्बन्धित निकायमा मन्त्रालयबाट सहजीकरणका लागि पनि संगठनले ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार खतिवडासँगको छलफलमा आर्थिक एवं औद्योगिक विकास र अर्थतन्त्र चलायमान बनाउन सूक्ष्म अध्ययन गरी सरकार र निजी क्षेत्र दुवैले हातेमालो गरी अघि बढ्नुपर्ने धारणा राखेको थियो । अध्यक्ष सुराना, निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष राजकुमार गोल्छा, कार्यसमिति सदस्य प्रतिभा रिजाल ओली, दिपक अग्रवाल, वीरेन्द्र राठी र महानिर्देशक चूडामणि भट्टराई सम्मिलित प्रतिनिधिमण्डलले संगठनको आयोजनामा विराटनगरमा आगामी माघ ११ देखि २० गतेसम्म हुने विराट एक्स्पो तथा कोशी प्रदेश लगानी सम्मेलनका सन्दर्भमा छलफल गरी दुवै कार्यक्रम उपलब्धिमूलक बनाउन सरकार, अर्थ मन्त्रालय, उद्योग मन्त्रालयको सहयोग एवं सहजीकरणका लागि पनि आग्रह गरेको छ ।
उद्योग संगठन मोरङले विगत लामो समयदेखि उद्योग क्षेत्रका समस्या समाधानका लागि सरकार तथा सरोकारवाला निकायहरूलाई आवश्यक पहलका लागि आग्रह गर्दै आएको छ । विगतमा बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजविरुद्ध पनि संगठनले नेपाल राष्ट्र बंैकका गभर्नर, अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसमेतको ध्यानाकर्षण गराएको थियो ।
निजी क्षेत्रका छाता संगठनमध्ये विभिन्न आर्थिक गतिविधिका साथै नीतिगत गतिविधिमा सक्रिय उद्योग संगठन मोरङले सरकार तथा विभिन्न सरोकारवाला निकायबीचको सहकार्य र समन्वयमा पनि जोड दिँदै आएको छ । भूकम्प, नाकाबन्दी, कोरोना तथा रुस-युक्रेन युद्धलगायतका कारण प्रभावित हुँदै आएको नेपालको अर्थतन्त्र अझै तंग्रिन सकेको छैन । नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकहरूले अर्थतन्त्रमा सुधार देखाएपछि बजार चलायमान हुन सकेको छैन । खासगरी नीतिगत अस्थिरताका कारण अझै पनि लगानीमैत्री वातावरण बन्न नसकेको भन्दै निजी क्षेत्र लगानी गर्न डराइरहेको अवस्था छ ।
विगतमा बैंकको चर्को ब्याजदरका कारण लगानी विस्तार गर्न डराएको निजी क्षेत्र अहिले नीतिगत अस्थिरता समस्या बनेको बताउने गरेको छ । सोही कारण कर्जाको माग पनि घटेर गएको छ । अधिक तरलताका कारण बैंक तथा वित्तीय संस्थाले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै गएका छन् । निक्षेपको ब्याजदरसँगै कर्जाको ब्याजदर पनि घटिरहेको छ तर पनि कर्जाको माग बढ्न सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच