ललितपुर । चलचित्र ‘डोरी’को शुभमुहूर्त गरिएको छ । बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो । मुहूर्त कार्यक्रममा चलचित्रका प्रमुख कलाकार र टिमका सदस्यहरूको उपस्थिति थियो । अभिनेता प्रवीण खतिवडा, अभिनेत्री अञ्जना बराइली, शिशिर बांगदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, र नूतनलगायत कलाकारले पूजामा सरिकहुँदै चलचित्रको सफलताका कामना गर्नुभयो ।
साथै, निर्देशक अरुण लामा, कार्यकारी निर्माता राज थापा, छायांकार सौरभ लामा, र संगीतकार राजनराज सिवाकोटीलगायतका टिमका मुख्य सदस्यहरूको पनि सहभागिता रहेको थियो । चलचित्रमा कविता आले, सजन श्रेष्ठलगायतको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ ।
अरुण लामाको निर्देशन रहने यो चलचित्रको यही आइतबारदेखि छायांकन आरम्भ गँिरदै छ । लामाका अनुसार, ‘डोरी’ले सामाजिक यथार्थ र समकालीन सन्दर्भलाई कथामार्फत जीवन्त बनाउनेछ । ‘यस चलचित्रले दर्शकलाई आत्मसात् गराउनेछ, जहाँ उनीहरूले आफूलाई पात्रहरूमा देख्न सक्नेछन्’, उहाँले भन्नुभयो । ‘डोरी’ एक सामाजिक, रहस्यमय, सस्पेन्सले भरिएको चलचित्र हो, जसले समाजको यथार्थतालाई प्रष्ट्याउने प्रयास गर्नेछ । निर्देशकका अनुसार, चलचित्रको कथाले दर्शकलाई सोच्न बाध्य बनाउनेछ । रहस्यमय घटनाक्रम र सन्देशमूलक कथाले सबै वर्गका दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
चलचित्रको लेखन निर्देशक अरुणले नै गर्नुभएको छ भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गर्नुभएको छ । यसका निर्माता दिनेश भट्टराई हुनुहुन्छ भने कार्यकारी निर्माता राज थापा रहनुभएको छ । यसमा संगीत राजनराज सिवाकोटी, सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच