रौतहट । आइतवार भएको उपनिर्वाचनमा रौतहटको विभिन्न तिन पालिकाको तिन वडामा वडाध्यक्षको लागि भएको मतदानमा ७३.३८ प्रतिशत मतदान भएको छ ।
तीन पालिकामध्ये सबैभन्दा बढी गढीमाई ८ मा र सबैभन्दा कम ईशनाथ ७ मा मतदान भएको छ । जिल्लाको राजपुर नगरपालिका ६, ईशनाथ नगरपालिका ७ र गढीमाईनगरपालिका ८ को वडाध्यक्षको लागि आइतवार उपनिर्वाचन सम्पन्न भएको छ ।
राजपुर नगरपालिकामा वडाध्यक्षको लागि भएको ९०६ पुरुष र ८६० गरी १७६६ जनाले मतदान गरेका छन् । राजपुरमा वडाध्यक्ष पदको लागि ६९.३६ प्रतिशत मतदान भएको छ ।
यसै गरी ईशनाथ नगरपालिका ७ को वडाध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा ९६७ पुरुष र ९०३ महिला गरी १८७० जनाले मतदान गरेका छन् ।
ईशनाथमा ६९.०८ प्रतिशत मतदान भएको छ । यसै गरी गढीमाई नगरपालिका ८ मा वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा ११७७ पुरुष र १०६० महिला गरी २२३७ जनाले मतदान गरेका छन् । गढीमाईमा ८१.३८ प्रतिशत मतदान भएको छ ।
सबै मतदान केन्द्रमा साँझ ५ बजेसम्म शान्तिपूर्ण मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । रौतहटको निर्वाचनमा मुख्य दलहरुबिच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच