काठमाडौं । नेपाली मौलिक झ्याउरे छन्दलयको प्रवद्र्धन गर्ने उद्देश्यसहित झ्याउरे लयबारे चर्चा गरिएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठान र काव्य घर नेपाल, मिडिया प्रालिद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली मौलिक सरल झ्याउरे विधाको संवर्धन र प्रवद्र्धन हुनुपर्ने बताइयो । सो अवसरमा साहित्यकार हरि मञ्जुश्रीले झ्याउरे लयका बारेमा यजुर्वेध र सामवेदमा समेत उल्लेख भएको बताउँदै झ्याउरे विधासँग सम्बन्धित संगिनी, ख्याली, खैँजडी भजन र मारुनी भाकाको समेत अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाली र अंग्रे्रजी व्याकरणका लेखक चुडामणि गौतमले २०६७ सालदेखि नेपाली शब्दकोश बिगार्ने काम भएको बताउँदै आफूले पुनः नेपाली शब्दकोश सच्याएर बनाउने अभ्यास गरेको बताउनुभयो । उहाँले लक्ष्मीप्रसाद देवकोटाले झ्याउरे भाकामा लेखिएको मुनामदनको चर्चा भए जस्तै गायक धर्मराज थापाले गाउनुभएका गीत पनि झ्याउरे भाकाकै भएकाले जनजिब्रोमा झुण्डिएको दाबी गर्नुभयो ।
राजाराम सुवेदीले इतिहासको खोजीमा समेत झ्याउरे भाकामा गाइएका, गाउँघरमा मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका गीतले निक्कै सहयोग पुगेको बताउनुभयो । उहाँले २०४१ सालमा खलंगा पुग्दा गाउँका एक गाइनेले कर्खा गाएर खलंगा, जगतीपुरको इतिहास र गोर्खालीले नैनीतालको विजयको इतिहास पनि झ्याउरे भाकामै भेटिने तर्क गर्नुभयो । काव्य घर नेपाल, मिडिया प्रालिका अध्यक्ष रेणुका भट्टराईले नेपाली शब्दकोशमा झ्याउरे भाकालाई हेपेर लेखेको भन्दै त्यो सच्चिन पर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले नेपालीको मौलिक लय झ्याउरे विधाको प्रभाव र छाप धर्म, संस्कृति, संस्कार र परम्परामा पनि रहेको बताउँदै झ्याउरे भाका वा विधाको प्रवर्धनका लागि आवाज उठाउन प्रतिष्ठानसँग सहकार्य गरिएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच