कालीकोट । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका मेहेलमुडीमा रहेको पञ्चदेवल माध्यमिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ । कक्षा १ देखि १२ सम्मको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञान सम्बन्धी प्रयोगात्मक कामका लागि गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
किर्डाक नेपाल कालीकोट र सान्नीत्रिवेणी गाउँपालिकामा सञ्चालित सशक्त बालिका परियोजना अन्तरगत विद्यालयमा पुस्तकाललय, प्रयोगशाला र सूचना प्रविधि पु¥याउने उद्देश्यले विज्ञान प्रयोगशालाको स्थापना गरी सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक जयाकुमारी देवकोटाले बताउनुभयो ।
प्रयोगशाला स्थापना गर्न किर्डाक नेपाल कालीकोटले प्लान नेपालको सहयोगमा ६ लाख २४ हजार ३७ रुपैँया, गाउँपालिकाको १ लाख ५० हजार र विद्यालयको योगदान ५० हजार गरी कुल ८ लाख २४ हजार ३७ रुपैयाँको प्रयोगशाला स्थापनाका भएको गाउँ पालिका अध्यक्ष मोहनबहादुर केसीले जानकारी दिँदै विद्यालयलाई हरित विद्यालय बनाउन पनि पहल भई रहेको बताउनुभयो ।
शुक्रबार प्रयोगशाला उदघाटन तथा हस्तान्तरण कार्यक्रममा विज्ञान शिक्षक रत्नलाल अधिकारीले केही विद्यार्थीलाई सामग्री प्रयोग गरेर देखाउनुभयो । विद्यालयमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीको सिकाइको कार्य निकै प्रभावकारी हुने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सिंह संज्यालले बताउनुभएको छ । विज्ञान प्रयोगशाला स्थापना भएपछि कक्षा ८ देखि १२ सम्मका विद्यार्थी लाभान्वित हुने भएका छन् ।
विद्यालयमा प्रयोगशाला नहुँद विद्यार्थीका लागि आवश्यक पर्ने प्रयोगात्मक कक्षा सञ्चालन गर्न कठिनाई थियो । सान्नीत्रिवेणी गाउँपालिका र साझेदार संस्थामार्फत प्रयोगशाालाका लागी पर्याप्त सामग्री उपलब्ध भएपछि हाल विद्यालयको कक्षा कोठामा अलग्गैरुपमा प्रयोगशाला स्थापना गरिएको छ । छुट्टै प्रयोगशााला कक्षा कोठा भएपछि विद्यार्थीले प्रयोगात्मक कार्य सहजरुपमा सिक्न पाउने भएका छन् ।
शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष केसीले प्रयोगशालाको उद्घाटन गर्नुभयो । उहाँले प्रयोगशालाको उद्घाटन गर्दै शिक्षाको गुणस्तर बृद्धि गर्न गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
सहयोग गरेको सामग्रीको बारेमामा जानकारी दिदैँ सशक्त बालिका परियोजना संयोजक बलिराज शाहीले पञ्चदेवल माविमा २० लाखको लैंगिकमैत्री शौचालय, ६ लाखको विज्ञान प्रयोगशाला, ५ लाखको नमूना कक्षाकोठा व्यवस्थापन र ४ लाख ५० हजारको हरित विद्यालय गरी ३५ लाखको सहयोग गरिएको जानकारी दिनुभयो ।
बालबालिकालाई विज्ञान र प्रविधि सँग जोड्न आधुनिक पढाई र विज्ञान प्रयोगशााला स्थापना भएर सञ्चालनमा आउनु विद्यार्थीका लागी एक सुनौलो अबसर भएको विव्यस अध्यक्ष देवनारायण सञ्ज्यालले बताउनुभयो । हस्तान्तरण गरिएको सामग्रीमा विद्यार्थीले छुन पाउँने, पढ्न पाउने र सिक्न पाउने कुरामा आफू विश्वस्त रहेको उहाँले सुनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच