रौतहट । रौतहटको गरुडा नगरपालिका ४ स्थित वंशीराम जयसवाल अनाथालय परिसरमा विद्यालय भवनको शिलान्यास गरिएको छ ।
नगर प्रमुख कन्थमनि प्रसाद कल्वारले शनिवार अनाथालय प्राथमिक विद्यालय भवनको शिलान्यास गर्नुभएको हो ।
नगरपालिकाको स्वीकृत कार्यक्रम बमोजिम ५५ लाख रुपैयाको लागतमा निर्माण हुने विद्यालय भवनको शिलान्यास गर्दै विद्यालय भवनको निर्माण भएपछि अनाथ बालबालिकाका साथै टोलछिमेकका बालबालिकालाई अध्ययन गर्न सजिलो हुने बताएका छन् ।
चालु आर्थिक वर्षभित्रै विद्यालय भवनको निर्माण भइसक्ने नगर प्रमुख कल्वारको भनाइ छ ।
अनाथालय प्राथमिक विद्यालयमा १८० जना बालबालिका अध्ययन रहेको प्रधानाध्यापक राजवंशी चौरसियाले जानकारी गराउनु भयाे । अनाथालय प्रावि कक्षा ५ सम्म संचालनम रहेको भए पनि अत्यन्त जीर्ण भवनमा पठनपाठन संचालन भइरहेको थियो ।
तत्कालको लागि चार कोठे भवन निर्माण हुने र आगामी आर्थिक वर्षमा पनि दुई तलाको लागि थप बजेट निकासा भएपछि अनाथालय प्राविको विद्यालय भवनको समस्या समाधान हुने विश्वास स्थानीयले लिएका छन् ।
विद्यालय भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तोष कुमार चौधरीले निर्धारित समयमा नै विद्यालय भवन निर्माण गरिने प्रतिबद्धता जनाउनु भयाे । विद्यालय भवनको निर्माणमा गुणस्तरमा कुनै पनि सम्झौता नगरिने अध्यक्ष चौधरीको दाबी छ ।
शिलान्यासको अवसरमा अनाथालयका संस्थापक तथा विद्यालयको लागि जग्गादाता समाजसेवी वंशीराम जयसवाल, अनाथालय अध्यक्ष भुवनेश्वर राम जयसवाल, गरुडा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हरेन्द्र चौधरीसहित विभिन्न समाजसेवी तथा अनाथ बालबालिकाको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच