काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय लयमा फर्किएको बताउनुभएको छ ।
शनिवार वरिष्ठ अधिवक्ता प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले लयमा फर्किएको न्यायालय मात्रै आफूहरुले नचाहेको भन्दै न्यायालयलाई गरिमामय बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले न्यायालय आफैँ गरिमामय नबन्ने भन्दै न्यायालयलाई गरिमामय बनाउने काम सबै कानून व्यवसायीहरुको भएको बताउनु भयो । गरिमामय न्यायालय, स्वच्छ न्यायालउको न्यायमूर्ति हुने हो भने त्याग, समर्पण, गहिरो अध्ययन, पवित्रता र सार्थकता आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘तपाईं हाम्रा अथक प्रयासबाट न्यायालय लयमा फर्किएको छ । लयमा फर्किएकोमा मात्रै चित्त बुझाउने हो की ? न्यायालयलाई गरिमामय पनि बनाउने हो ? यो आफैँ गरिमामय त बन्दैन है । न्यायालयलाई गरिमामय बनाउने जिम्मेवारी वर्तमान परिवेशले हामीलाई सुम्पिएको छ । अब यहीँनेर हामीले आफूलाई निर्मम तवरले समीक्षा गर्नुपर्ने देखिन्छ । हामी हाम्रो न्यायालयलाई गरिमामय बनाउन गइरहेका छौँ की छैनौँ, हाम्रा गतिविधि र भुमिकाहरु त्यसतर्फ उन्मुख छन् की छैनन् रु प्रवुद्ध वर्गले यो विचार गर्नुपर्ने भएको छ । गरिमामय न्यायालयको वा स्वच्छ न्यायालयको वा पवित्र न्यायालयको न्यायमूर्ति हुने चाहना राख्ने हो भने हामीसँग त्यसले त्याग, समर्पण, गहिरो अध्ययन, पवित्रता र सार्थकताको डिमाण्ड गर्दछ । त्यसका लागि हामी तयार छौँ रु म तयार छु । साथ सहयोग पाए र तपाईंहरुसँग सहकार्य गर्नसके न्यायालय गरिमामय नहुने कुरै छैन । एक पटक प्रयास त गरौँ ।’
प्रधानन्यायाधीश राउतले वरिष्ठ अधिवक्ताहरुले नैतिकताको लक्ष्मण रेखाभित्र आफूलाई राख्न सक्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच